नेपाली

अमेरिकाले अरूको वेवास्ता गरेमा चीनले कठोर कदम चाल्ने

CRIPublished: 2024-07-13 17:17:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिकाले कथित “तिब्बत र चीनको विवादको समाधान घचघच्याउने कानुन”मा हस्ताक्षर गर्ने विषयबारे प्रश्नको जवाफ दिएको छ।

जुलाई १२ तारिख अमेरिकी राष्ट्रपति जो बाइडेनले कथित “तिब्बत र चीनको विवादको समाधान घचघच्याउने कानुन”मा हस्ताक्षर गर्ने जनाइएको छ। उक्त कानुनले दलाई समूहको कथित “वृहत तिब्बती क्षेत्र”को गर्भाधान प्रचार गरेर अमेरिकी सरकार तथा “तिब्बती मामिलासम्बन्धी विशेष संयोजक”सँग चीन सरकारको तिब्बतसम्बन्धी “झुटो सूचना”को विरोध गर्न अनुरोध गरेको छ। साथै राष्ट्रपति बाइडेनले एक वक्तव्य प्रकाशित गरेर उक्त कानुनले अमेरिकाका दुई पार्टीको दीर्घकालीन नीति अर्थात तिब्बत स्वायत्त प्रदेश र अरू तिब्बती क्षेत्र चीनको भाग रहेको सहमति गरेको नीतिमा परिवर्तन नगर्ने बताउनुभयो।

कथित “तिब्बत र चीनको विवादको समाधान घचघच्याउने कानुन” ले अमेरिका सरकारको अडान र बचनवद्धतामाथि उल्लंघन गरेको र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको उल्लंघन गरेको छ। जसले चीनको आन्तरिक मामिलामाथि कडा हस्तक्षेप गर्नुका साथै चीनको हितमाथि गम्भीर क्षति पुर्याएर “तिब्बत स्वतन्त्रता” शक्तिलाई गम्भीर गलत सूचना दिएको छ। चीनले त्यसको दृढताका साथ विरोध गरेर अमेरिकासँग गम्भीरताका साथ वार्ता गरिसकेको छ। प्रचीन कालदेखि तिब्बत चीनको एक भाग हो।

यदि अमेरिका अरूलाई वेवास्ता गरी यस्तो गरेमा चीनले अवश्य नै बलियो कदम चाल्ने-चिनियाँ परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। जुनसुकै व्यक्ति वा शक्तिले तिब्बतलाई अराजक पारेर चीनको प्रतिरोध गर्ने दुष्प्रयास सफल हुँदैन। चीनले अमेरिकासँग व्यावहारिक गतिविधिमार्फत् आफ्नो बचनवद्धताको पालना गरेर उक्त कानुन लागु नगर्न ताकिता गरेको छ। यदि अमेरिकाले अरूको वेवास्ता गरी कानुन कार्यान्वय गरेमा चीनले आफ्नो सार्वभौमिकता, संरक्षण र विकास हितको रक्षा गर्न अवश्य नै बलियो कदम चाल्नेछ।

Share this story on

Messenger Pinterest LinkedIn