नेपाली

तिब्बतको पर्यटकीय सम्भावनाबारे नेपाली पर्यटन व्यवसायीसँग छलफल

CRIPublished: 2024-09-13 16:19:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कैलाश मानसरोवर जाने नेपाली पर्यटकको सङ्ख्या बढेसँगै चीनको बृहत तिब्बती क्षेत्रको पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिने भएको छ। चीनमा पर्यटकीय भ्रमण व्यवस्थापन गर्ने नेपाली संस्था नेपाल कल्चर एण्ड टुरिजम इन्भेष्टमेन्ट प्रालिको आयोजनामा बिहीबार आयोजित ‘सुन्दर चीनः तिब्बती क्षेत्रको पर्यटन प्रवद्र्धन’ विषयक कार्यक्रमको आयोजना गरी तिब्बतको पर्यटकीय सम्भावनाबारे नेपाली पर्यटन व्यवसायी एवं सरोकारवालालाई जानकारी दिइएको हो ।

हिन्दू, बौद्ध, जैन र बोन धर्मावलम्बीहरुको पवित्रस्थल कैलास मानसरोवर जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ । कार्यक्रममा बृहत् तिब्बत समेटिएको चीनका तिब्बत, छिङ्हाइ, कान्सु, सिछुवान र युनान गरी पाँच प्रान्तको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिएको छ । पाँचै प्रान्तको पर्यटकीय क्षेत्रका तस्वीर र भिडियोसमेत राखेर तयार पारिएको अनलाइन पोर्टल पनि आजै सार्वजनिक गरिएको नेपालसमाज अनलाइनले जनाएको छ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले तिब्बत पर्यटन प्रवद्र्धन कार्यक्रमले नेपाल र चीनको पर्यटन प्रवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘यस्ता कार्यक्रम पर्यटन बोर्डले गर्नुपर्ने थियो, तर निजी क्षेत्रबाट जुन किसिमको पहल भएको यसका लागि आयोजक संस्थालाई विशेष धन्यवाद दिन चाहन्छु । पछिल्लो समय धेरै नेपाली मानसरोवर पुग्नेगरेका तथा धेरै विदेशी पर्यटक नेपाल भएर मानसरोवर गइरहेको सन्दर्भमा यस्ता कार्यक्रमले तिब्बतमा माउन्ट कैलासबारे व्यवसाय प्रवद्र्धन गर्न मद्दत पुग्नेछ।’

उपाध्यक्ष सापकोटाले पवित्र माउन्ट कैलाशका लागि विभिन्न चार रुटको चिनारीले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने भन्दै नेपाली व्यवसायी र चिनियाँ व्यवसायीबीच ‘बिटुबी’ कार्यक्रममार्फत पर्यटन प्रवद्र्धन गरिनुपर्ने खाँचो औंल्याउनुभयो।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn