तिब्बतको पर्यटकीय सम्भावनाबारे नेपाली पर्यटन व्यवसायीसँग छलफल
आगामी दिनमा नेपालको पर्यटनलाई चीनको तिब्बत, मानसरोवरलगायत समग्र चीनका पर्यटकीय गन्तव्यमा प्रवद्र्धन गर्न बोर्ड सक्रिय ढङ्गले लाग्ने बताउँदै उहाँले चीन सरकार, चीनका पर्यटन व्यवसायी संस्थासँग सहकार्य गरेर चीनबाट धेरैभन्दा धेरै पर्यटक आकर्षण गर्न लागिपर्ने सुनाउनुभयो।
बौद्ध विज्ञ लोवचा पुण्यप्रसाद पराजुलीले मानसरोवर यात्रा गर्ने नेपालीको सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा त्यहाँको गुणस्तरीय पर्यटन सेवाका बारेमा नेपाली व्यवसायीले पनि जानकारी लिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘बौद्धधर्मसँग सम्बन्धित थुपै तीर्थस्थल रहेको छ, त्यहाँ जाने नेपालीको सङ्ख्या पनि अत्याधिक छ, माग र आपूर्तिबीचको खाडल पुरेर नेपाली पर्यटन व्यवसायीले फाइदा लिनसक्ने ठूलो अवसर छ ।’
कार्यक्रममा चीनका वरिष्ठ पथप्रदर्शक चाओ स्युवांगले नेपालका राष्टिय विभूति अरनिकोले सात सय वर्षअगाडि तिब्बत र बेइजिङ गएर मन्दिर स्तूपा बनाएको चर्चा गर्दै चीनका पाँचै प्रान्तमा अरनिकोले लगेको नेपाली शैलीका स्तूपा चैत्य देख्न सकिने बताउनुभयो।
राजधानी बेइजिङ, औद्योगिक सहर साङघाइ, तिब्बत, क्वांचौँ, शनचन, स्यामनलगायतका सहरमा नेपाली रेष्टुराँ सञ्चालन रहेको उदाहरण दिँदै उहाँले दुवै देशबीच पर्यटन क्षेत्रको आदानप्रदान बढ्दै गएको उल्लेख गर्नुभयो।
त्यसैगरी तिब्बत सी माउन्टेन हश्री टुरिजम कम्पनीका उपमहाप्रबन्धक लि काङ्गले आफ्नो कम्पनीले नेपाली सीमा नाकाहरुबाट कैलास मानसरोवरसम्मको यात्राको जिम्मेवारी लिँदै आएको चर्चा गर्दै नेपाली तीर्थयात्री र पर्यटकलाई स्वस्थकर खाना, सुरक्षित आवास, आरामदायी यातायात, दक्ष गाइडलगायतका उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो।
उहाँले बङ्गलादेशका पर्यटकका लागि तिब्बत मानसरोवर घुमाउने अनुमति पाएको एकमात्र कम्पनी आफ्नो रहेको उल्लेख गर्दै क्यानाडा, सिङ्गापुर, श्रीलङ्का, भारत, थाइल्याण्ड, बङ्गलादेशलगायतका दक्षिणपूर्वी एशियाको बजार विस्तार गर्न अर्को वर्ष नेपालमा शाखा खोल्ने योजना बनाएको जानकारी दिनुभयो।