नेपाली

चीन र मध्य एसियाका पाँच देश नयाँ युगमा प्रवेश

criPublished: 2023-05-19 16:26:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् १९९२मा चीनले मध्य एसियाका पाँच देशसँग दौत्य सम्बन्ध स्थापना गर्यो।

सन् २०१३मा, मध्य एसियाको भ्रमणका क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सिल्क रोडको चौतर्फी पुनरुत्थानलाई बढाउन सिल्क रोड आर्थिक पेटी प्रस्ताव प्रस्तुत गर्नुभयो।

बितेको एक दशकमा चीन मध्य एसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ भने यी पाँच देशसँगको व्यापार मात्रा ७०.२ अर्ब अमेरिकी डलर पुगेको छ, जुन दौत्य सम्बन्ध स्थापनाको सुरुवातभन्दा १५० गुणाले बढी हो।

चीन र मध्य एसियाका पाँच वटा देशहरूसँग ६२ जोडी भगिनी प्रान्त र शहरहरू बनेका छन्। प्रत्येक वर्ष आपसमा लाखौं मानिसहरूको आदानप्रदान भइरहेको छ र २ हजार वर्षसम्म चलेको मित्रताको कथामा निरन्तरता दिइराखेको छ।

सन् २०२२मा चीन र मध्य एसियाले चीन-मध्य एसिया संयुक्त भाग्य समुदायको निर्माण गर्ने घोषणा गरे।

चीन र मध्य एशियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३१ वर्षको इतिहासमा आयोजित यो पहिलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएका श्रृंखलाबद्ध विचारहरू तथा प्रस्तावहरूबाट चीन-मध्य एशिया सम्बन्धको नयाँ युगको खाका कोरिएको छ।

चीन र मध्य एशियाले विश्वको विकास, सुरक्षा र सभ्यता सम्बन्धि अवधारणा कार्यान्वयन गर्दै संयुक्त भाग्य समुदायको निर्माण गरिरहेका छन्।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn