नेपाली

चीन र मध्य एसियाका पाँच देश नयाँ युगमा प्रवेश

criPublished: 2023-05-19 16:26:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन-मध्य एशिया शिखर सम्मेलन मे १८-१९ मा "प्राचीन सिल्क रोड" को पूर्वी प्रस्थान बिन्दु सिआनमा आयोजित भएको छ। यस शिखर सम्मेलन नै चीन-मध्य एशिया शिखर सम्मेलन संयन्त्रको औपचारिक स्थापना भएको प्रतीक हो। चीन र मध्य एसियाका पाँच देशले आपसी सहयोग, साझा विकास, सुरक्षा र युगौंयुगसम्मको मित्रतालाई कायम राख्दै चीन-मध्य एशिया संयुक्त भाग्य समुदायको नयाँ युगको थालनी गर्ने प्रस्ताव चीनका सर्वोच्च नेता सी चिनफिङले प्रस्तुत गर्नुभयो।

वित्त, कृषि, गरिबी न्यूनीकरण, हरित र कम कार्बन उत्सर्जन, चिकित्सा र स्वास्थ्य एवम् डिजिटल नवीकरण जस्ता विकासका नयाँ बिन्दुहरूको संयुक्त निर्माण सम्बन्धमा शिखर सम्मेलनमा शृङ्खलावद्ध मतैक्यता हासिल गरिएको छ।

"प्राचीन सिल्क रोड" देखि "बेल्ट एण्ड रोड" अवधारणासम्म चीन र मध्य एसिया बीचको सम्बन्ध २,१०० वर्ष पुरानो भइसकेको छ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn