नेपाली

तिब्बतमा सूचना प्रविधिको व्यापक प्रयोग

CRIPublished: 2015-09-02 15:05:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हामी अहिले एक्काइसौँ शताब्दीमा छौँ। यो युग सूचनाप्रविधिको युग हो। तपाईंले कम्प्युटर र मोबाइलमा विभिन्न किसिमका सुविधाजनक एप्लिकेसन सफ्टवेयर प्रयोग गर्न सक्नुहुन्छ। अन्य भाषामा जस्तै तिब्बती भाषा मात्र बोल्ने धेरै तिब्बती नागरिकका लागि तिब्बती भाषा र सूचनासँग मिल्ने सूचना प्रविधिको विकासले जीवनलाई अझै सुविधाजनक बनाएको छ। तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासामा रहेको तिब्बत विश्वविद्यालयमा धेरै व्यक्तिहरुले यस्तो सुविधा दिने काम गरिरहेका छन्। तिब्बत विश्वविद्यालयमा तिब्बती भाषाको सूचना अनुसन्धान केन्द्रमा भ्रमण गर्दा त्यस्तो अवस्था देखिएको हो।

"तिब्बती पात्रोको दैनिकी ध्वनि प्रसारणले हरेक दिनको शुभ वा अशुभ अवस्थाबारे जानकारी दिने गर्छ"।

तपाईंले सुन्नुभएको तिब्बती भाषा सूचना अनुसन्धान केन्द्रको सबैभन्दा लोकप्रिल एप्लिकेसन सफ्टवेयर "तिब्बती ध्वनि पात्रो" हो। यस एप्लिकेसन सफ्टवेयरमा तिब्बती पात्रो सम्बन्धी सूचना हेर्न मात्र नभइ, तिब्बती भाषाबाट सुन्न पनि सकिन्छ। एप्लिकेसन सफ्टवेयरमा कृषि, पशुधन सम्बन्धी ज्ञान प्रयोगकर्ताहरुले तिब्बती भाषाबाट प्राप्त गर्न सक्छन्। शैक्षिक स्तर कम वा तिब्बती भाषा पढ्न नस्कने तिब्बती नागरिकका लागि ध्वनि प्रसारण पनि राखिएको छ। हालै सत्तरी हजार व्यक्तिले यो सफ्टवेयर डाउनलोड गरेका छन्। तिब्बती भाषा सूचना अनुसन्धान केन्द्रमाका प्रमुख क साङ तो चीले भन्नुभयोः

"संश्लेषण ‌औद्योगिक तिब्बती लेखन प्रसारण गर्ने हो, यो फोटो धेरै रोचक छ, तपाईंले एक वर्षको मौसमको अवस्था हेर्न सक्नुहुन्छ। त्यसअघि हामीले एन्ड्रोइज मोबाइफोनको एप्लिकेसन सफ्टवेयर निर्माण गरेका थियौँ, हालै एप्पल मोबाइफोनको एप्लिकेसन सफ्टवेयर पनि सम्पूर्ण रुपमा निर्माण गरेका छौँ।"

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn