नेपाली

तिब्बतमा सूचना प्रविधिको व्यापक प्रयोग

CRIPublished: 2015-09-02 15:05:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बती भाषा सूचना अनुसन्धान केन्द्र सन् 2006 मा स्थापना भएको हो। हालै यस केन्द्रमा छत्तीस जना प्राविधिक कर्मचारीहरु कार्यरत छन्। तीमध्ये तेईस जना तिब्बती नागरिक छन् भने एघारजना हान जातिका नागरिक रहेका छन्। अन्य जातिका दुइ जना व्यक्ति पनि त्यहाँ कार्यरत रहेका छन्। सो केन्द्र स्थापनाको उद्देश्यबारे प्रमुख क साङ तो चीले भन्नुभयोः

"तिब्बत जातिको उत्कृष्ट संस्कृतिको मौलिक र विकास गर्नका लागि सन् 2006 मा यस केन्द्रको स्थापना भएको थियो। तिब्बत विश्वविद्यालयको कम्प्युटर विज्ञान र प्रविधि अनि तिब्बती भाषा संस्कृति यी दुईवटा कलेजसँग मिल्ने एउटा अन्तर समन्वय गठन गरिएको छ। यो केन्द्रमा तिब्बती भाषा सूचनाको अनुसन्धान गरिन्छ।

तिब्बत विश्वविद्यालय पुस्तकालयमा क साङ तो चीले हामीलाई एउटा सफ्टवेयर-चिनियाँ भाषा र तिब्बती भाषा बीचको अनलाइन अनुवाद सम्बन्धी सफ्टवेयर देखाउनुभयो। उहाँले सो ई-शब्दकोश चिनियाँ भाषा र तिब्बती भाषा बीचको अनलाइन अनुवाद मात्र नभइ आवाजबाट उच्चारण गर्न सकिने पनि जानकारी दिनुभयो।

फरक भौगोलिक अवस्था र सूचनाबाट बन्चित रहेका तिब्बती जातिका बालबालिकालाई कम्प्युटर र इन्टनेट प्रयोग गर्दै शिक्षा दिने कार्यमा कठिनाइ छ। केही शिक्षकको तिब्बती भाषा वा चिनियाँ भाषाको उच्चारण स्तरीय नहुन सक्छ। बालबालिकालाई अझ राम्रो शिक्षा दिनका लागि केन्द्रले प्रविधिमाथि अनुसन्धान गरेको हो। हालै यो सफ्टवेयर तिब्बतको विभिन्न विद्यालयमा व्यापक रुपमा प्रयोग गरिएको छ।

आधुनिक सूचना प्रविधिको विकासले हजारौं वर्षको इतिहास र उत्कृष्ट राजनीतिक परम्परागत संस्कृत र तिब्बती भाषालाई आधुनिक बैज्ञानिक प्राबिधिक प्रयोगमा अझ बढी तिब्बती जातिका नागरिकले सुविधा प्राप्त गरेका छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn