नेपाली

भु लानको सिमा व्यापारिक बजारमा व्यापार गरिरहेका नेपाली स्नातकोत्तर

CRIPublished: 2015-08-26 16:36:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अमन बोहराको पसल तिब्बतको भु लान जिल्लाको सिमा क्षेत्रस्थित व्यापारिक बजारको सबैभन्दा भित्री भेगमा पर्दछ। सिमा व्यापारिक बजारका अरु पसलहरुजस्तै उनको पसलमा नेपाली रातो चिनी, रेडियो, काठ कटौरा, पाक वर्तन, कफी, बुद्ध माला, श्रृङ्गगार आदि विविध किसिमका मालसामान राखिएका छन्। अरु पसलेहरुले ग्राहकसँग कुराकानी गर्दा क्याल्कुलेटरको प्रयोग गर्नुपर्छ। अमनले अंग्रेजी भाषा राम्रोसँग बोल्नसक्छन्। उनले यूरोपमा अध्ययन गरेका र त्यहीबाट स्नातकोत्तर भएका हुन्। यूरोपमा अध्ययन गरेका नेपाली स्नातकोत्तरले किन तिब्बतमा पुगी साना मालसामान व्यापार गरेको त?

"मेरो नाम अमन बोहरा हो। चालू वर्ष 32 वर्षीय भएँ। नेपालको पश्चिमी भागको छाङरु नामक एक गाउँको निवासी हुँ। छाङरु गाउँबाट भु लान जिल्लाको सिमा व्यापारिक बजारतर्फको दूरी करीब पचास किलोमिटरको छ। घोडाद्वारा मालसामान बोकेर हामी पैदल यात्रा मार्फत् सीमाक्षेत्र व्यापारिक बजारमा पुग्छौं।"

भु लान जिल्ला तिब्बतको आ ली क्षेत्रको दक्षिण-पश्चिमी भागमा पर्दछ। भु लानको चार सय चौध किलोमिटर लम्बाइको सिमा लाइन छ। भु लान जिल्ला भारत र नेपालको नजिकै पर्दछ। भु लान जिल्लाको सिमा व्यापारिक बजारले भारत र नेपाली व्यापारीहरुलाई आकर्षित गरेको छ। अमानकाअनुसार, उनको घरले तिब्बतसितको सिमा व्यापार गर्न थालेको पचास वर्ष भइसकेको छ।

"हाम्रो घरका सदस्यहरुले सिमा व्यापार गर्न थालेको करीब पचास वर्ष भइसक्यो। यो मेरो हजुरबुबाको व्यापार हो। त्यसपछि मेरो बुबाले सिमा व्यापार गर्नुभयो। मेरो बुबाको निधन भएपछि मेरी आमाले यस व्यापारलाई निरन्तरता दिनुभयो। पछि मेरी दिदीले व्यापार गरिन्। हामीले अरु काम गर्ने छनौट छैन तर हामीले यही पेशालाई नै मन पराएका छौं। हाल म कसरी सिमा व्यापार गर्नुपर्छ भन्नेबारेमा सिकिरहेको एक विद्यार्थी हुँ। मैले तिब्बत र चीनका अरु क्षेत्रको वाणिज्य वातावरणबारे स्पष्ट रुपमा जानकारी लिइसकेको छैन, बिस्तारै यसबारे जानकारी लिन चाहन्छु।"

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn