नेपाली

भु लानको सिमा व्यापारिक बजारमा व्यापार गरिरहेका नेपाली स्नातकोत्तर

CRIPublished: 2015-08-26 16:36:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अमनकाअनुसार, सिमा व्यापार गर्न जन्मथलोबाट भु लान पुगेका तीस जना छन्। हरेक पसलमा बिक्री गरिने मालसामानको परिमाण धेरै छैन र ठूला मालसामान पनि छैनन्। भु लान जिल्लाको आधिकारिक तथ्यांकअनुसार, हाल भु लानको सिमा व्यापारिक बजारमा व्यापार गर्ने भारतका पसलहरुको संख्या पन्ध्र वटा छ, सात लाख चिनियाँ युआन जतिको सामग्री रहेको दर्ता गरिएको छ। नेपालका पसलहरुको संख्या उनन्साठी छ भने बाह्र लाख चिनियाँ युआन बराबरको रकम छ। हरेक पसल साना देखिन्छन् तर गत वर्ष भु लान जिल्लाको सिमा व्यापारिक बजारको आयातित मालसामानको कुल रकम दुई करोड दश लाख बीस हजार चिनियाँ युआन पुगेको छ भने निर्यात मालसामानको कुल रकम एक करोड छपन्न लाख बीस हजार चिनियाँ युआन पुगेको छ। अमनले भनेका छन्

"हामीले उस्तै कारोबार गरेका छौं। स्थानीय वासिन्दा के के मालसामान चाहन्छन् सोही अनुरुप हामीले पनि ती मालसामान बिक्री गर्छौं। सिगाचे, ना छ्यू, ल्हासा जान्दा हामीले नेपालका फरक मालसामान लैजान्छौं र पछिल्लो मालसामान लैजान्छौं।

अमनलाई चिन्ने धेरैको विचारमा अमनले स्नातकोत्तरसम्मको अध्ययन गरेर सम्बन्धित पेशा नअङ्गालेकोमा अफसोस् लाग्छ। उनले उच्च शिक्षण क्षमतामार्फत् धेरै पैसा कमाउन सक्ने काम पाउनसक्थे। उनले सिमा व्यापारिक बजारमा सानोतिनो व्यापार गर्नुहुँदैन। यसबारे अमन मुस्कुराउँदै भन्छन्, भविश्यमा उनले अरु पनि व्यापार गर्ने छन्, उनको घरको व्यापारलाई विस्तार गर्ने योजना बनाएका छन्।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn