पाठ एकचालिस
कमलः निन हाउ, यांग पांग मांग मा?
वर्षाः निन हाउ, नमस्ते।
कमलः निन हाउ।
वर्षाः "याउ पांग मांग मा?" कुनै सहयोग चाहनुहुन्छ?
वर्षाः "निन हाउ, याउ पांग मांग मा?" नमस्ते, तपाईं कुनै सहयोग चाहनुहुन्छ कि?
कमलः मैले टेलिफोनको महसुल बुझाउनचाहेको छु भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ?
वर्षाः त्यसलाई 'वो च्याउ तेन व्हा फै' भनिन्छ।
कमलः मैले विजुलीको महसुल बुझाउनचाहेको छु भन्ने वाक्यलाई कसरी भनिन्छ नि?
वर्षाः त्यसलाई 'वो च्याउ तेन फै' भनिन्छ।
कमलः आइतवार बैंक बन्द हुन्छ कि भन्ने वाक्यलाई कसरी भनिन्छ?
वर्षाः त्यसलाई 'यीन हांग शिंग छि र श्यौ शी मा' भनिन्छ।
वर्षाः शिंग छि र, आइतवार।
कमलः शिंग छि र।
वर्षाः श्यौ शी , आराम गर्नु। यस वाक्यमा "श्यौ शी" को अर्थ बन्द भन्ने हो।
वर्षाः "मा"। यो सहयोगी शब्द हो। यसले पश्न सोध्ने काम गरेको छ।
कमलः मा।
वर्षाः "यीन हांग शिंग छि र श्यौ शी मा?" आइतबारमा बैंक बन्द हुन्छ कि?
खः पु श्यौ शी। चाउ शांग चिउ तेन खाई मन।
वर्षाः अब आज सिकेका विषयहरु पुनः एक पटक दोहर्याऔं। "निन हाउ, याउ पांग मांग मा?" नमस्ते, तपाईं कुनै सहयोग चाहनुहुन्छ कि?
कमलः निन हाउ, याउ पांग मांग मा?
वर्षाः "याउ पांग मांग मा?" कुनै सहयोग चाहनुहुन्छ।
कमलः याउ पांग मांग मा?
कमलः वो च्याउ तेन व्हा फै।
वर्षाः तेन व्हा फै, टेलिफोन महसुल।
कमलः तेन व्हा फै।
वर्षाः "वो च्याउ तेन फै"। मैले विजुलीको महसुल बुझाउनचाहेको छु।
कमलः वो च्याउ तेन फै।
वर्षाः तेन फै, विजुलीको महसुल।
कमलः तेन फै।
वर्षाः यीन हांग शिंग छि र श्यौ शी मा? आइतबारमा बैंक बन्द हुन्छ कि?
कमलः यीन हांग शिंग छि र श्यौ शी मा?
वर्षाः यीन हांग, बैंक।
कमलः यीन हांग।
वर्षाः श्यौ शी , आराम गर्नु। यहाँ भन्नखोजिएको बन्द हो।
कमलः श्यौ शी ।