नेपाली

पाठ पाँच

criPublished: 2014-01-28 10:37:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वार्तालाप तिन

महिलाः वो नंग पांग ट्रु नि मा?

पुरुषः वो त श्याङ च् पु चेन ल।

महिलाः पे ट्राउ चि। वो पांग ट्रु नि ट्राउ।

पुरुषः नि ट्रन हाउ। शे शे।

वर्षाः हस्त, अब हामी चिनियाँ संस्कृतिबारे संक्षेपमा जानकारी हासिल गरौं।

कमलः छिमेकीपन चीनको सामाजिक सम्बन्धमा रहने एउटा महत्वपूर्ण भाग हो। उदाहरणका लागि, श्रीमान र श्रीमतीबीच झगडा भएका बेला छिमेकीले मिलाउने गर्दछन। र कुनै दम्पत्ति दुबैले काम गर्नुपर्छ, त्यसैले उनिहरु त्यति बेला आफ्ना छोरा-छोरीको हेरचाह गरिदिन छिमेकीसँग अनुरोध गर्नसक्छन। हाल झन-झन बढी बासिन्दाहरु आवास भवनमा बसिरहेकाले एउटै भवनमा बस्ने छिमेकीहरु पनि सधैं एक-अर्कालाई चिन्दैनन। केही बासिन्दा, र विशेष गरी, केही बुढा-बुढीले छिमेकीबीचको वर्तमान सम्बन्ध पहिलेजस्तो निकट नभएको ठहर गरेका छन। तर हाल छिमेकीहरुले नयाँ तरिकामार्फत आदान-प्रदान गर्नथालेका छन। उदाहरणका लागि, केही आवास क्षेत्रका बासिन्दाहरुले इन्टर्नेटमार्फत सूचनाको आदान-प्रदान गरी आपसी सम्बन्धको भावनालाई विकसित पार्दैगएका छन।

वर्षाः श्रोता-मित्रहरु, आजको कार्यक्रम यहीं पूरा हुन्छ। कार्यक्रमको अन्त्यमा अब तपाईंहरुका लागि एउटा सानो प्रश्न।

कमलः "मलाई सहयोग गर्नुहुन्छ कि?" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ?

वर्षाः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service,

CRI-6,China Radio International,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 मा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।

कमलः यो कार्यक्रमबारे अझ बढी जानकारी लिन मन छ भने https://nepal.cri.cn मा लग गर्नुहोस्। हवस त श्रोताहरु अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।

वर्षाः चाई चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn