नेपाली

पाठ पाँच

criPublished: 2014-01-28 10:37:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोता-मित्रहरु, नमस्कार। म कमल लम्साल।

वर्षाः श्रोताहरु नमस्कार। म बर्षा। अघिल्लो पाठमा हामीले मुख्यतया विदा हुनेसम्बन्धी शब्द तथा वाक्यबारे सिकेका छौं। अब हामी एक पटक यसबारे पुनरावलोकन गरौं।

कमलः हवस त। "अब अबेला भयो, हामीले जानुपर्छ" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने? मैले अलि बिर्सेँ।

वर्षाः ध्यानपूर्वक सुन्नुहोस् हैः श चेन पु चाउ ल। वो मन काई चौ ल।

कमलः अब बुझेँ। श चेन पु चाउ ल। वो मन काई चौ ल।

वर्षाः "श चेन" भनेको समय।

कमलः श चेन।

वर्षाः "पु चाउ ल" भनेको अबेला भयो।

कमलः पु चाउ ल।

वर्षाः "वो मन" को अर्थ हामी हो।

कमलः वो मन।

वर्षाः "काई चौ ल" भनेको जानुपर्छ।

कमलः काई चौ ल।

वर्षाः श चेन पु चाउ ल, वो मन काई चौ ल।

कमलः श चेन पु चाउ ल, वो मन काई चौ ल। अब अबेला भयो, हामीले जानुपर्छ।

वर्षाः चिनियाँ भाषामा फेरि भेटौंला भन्नुपर्दा चाई चेन भनिन्छ।

कमलः चाई चेन।

वर्षाः ठीक छ। अनि चिनियाँ भाषामा 'ख्याल राख्नोस' कसरी

भनिन्छ?

कमलः मेरो विचारमा '"तुओ पाउ ट्रोंग' अथवा 'पाउ ट्रोंग' भन्नुपर्छ।

वर्षाः एकदम ठीक। मेरो अन्तिम प्रश्न छः "सम्पर्क गर्दैरहनु" भन्ने वाक्याङ्शलाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः मेरो विचारमा, त्यो भनेको 'पाउ ठ् लेन शी' हो। "पाउ ठ्" को अर्थ कायम अथवा जारी हो।

वर्षाः तपाईंले राम्ररी याद गर्नुभएको छ।

कमलः धन्यवाद। अब हामी अघिल्लो पाठको वार्तालाप सुनौं।

पाहुनाः श चेन पु चाउ ल, वो मन काई चौ ल।

घरपटीः ह्वान यिङ यि हौ ठ्रँङ लाई।

पाहुनाः शे शे ट्राउ ताई। चाई चेन।

कः वो मन ह्वै छ्यु ल।

खः वो सुंग सुंग नि मन।

कः तुओ पाउ ट्रोंग।

वार्तालाप तीन

कः ह्वै छ्यु पा। यौ खुंग कै वो ता तेन व्हा।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn