पाठ पाँच
खः पाउ ठ् लेन शी। तुओ पाउ ट्रोंग।
वर्षाः अब हामी आजको मुख्य वाक्य सुनौं है त।
कः हुन्छ। नि नंग पांग वो यि क मांग मा?
खः तांग रान ख यि।
कः नंग पांग वो ट्राउ ट्राङ श्याँग मा?
कमलः बजारमा होस् वा बैंकमा होस् वा रेस्ट्रुरांमा होस्, धेरै समय हामी अरुको सहयोग चाहन्छौं। नेपाली भाषामा हामी "मलाई सहयोग गर्नसक्नु हुन्छ कि?" भन्छौं। चिनियाँ भाषामा यसलाई कसरी भनिन्छ?
वर्षाः हामी "नंग पांग वो यि क मांग मा?" भन्नसक्छौं।
कमलः यो वाक्य अलि लामो छ। यसलाई केही भागमा विभाजित गरेर सिकानुहुन्छ कि?
वर्षाः हुन्छ। सर्वप्रथम "नि" भनेको तपाईं वा तिमी।
कमलः नि।
वर्षाः "नंग" को अर्थ सक्नु हो।
वर्षाः "पांग वो" भनेको मलाई सहयोग गर्नु।
कमलः पांग व।
वर्षाः "पांग" को अर्थ सहयोग गर्नु हो।
वर्षाः "वो" भनेको म।
वर्षाः त्यसैले "पांग वो" भनेको मलाई सहयोग गर्नु हो।
कमलः पांग वो।
वर्षाः "यि क" भनेको एक हो।
वर्षाः "यि" को अर्थ एक हो। यहाँ "क" एउटा परिमाणबोधक शब्द हो।
कमलः यि क।
वर्षाः ठीक छ। "मांग" भनेको सहयोग हो।
कमलः मांग।
वर्षाः "मा" भन्ने शब्द वाक्यलाई प्रश्नवाचक बनाउँदा प्रयोग गरिन्छ।
कमलः मा।
वर्षाः अब यो पूरै वाक्य सुन्नुहोस्। नि नंग पांग वो यि क मांग मा?
वर्षाः राम्रो छ। तलको वार्तालापमा लि लिले आफूलाई सहयोग गर्न आफ्ना सहकर्मीसित अनुरोध गर्नेछिन। उनले यो वाक्य कसरी भनेकी छन, तपाईं ध्यानपूर्वक सुन्नुहोस है।
वर्षाः "मलाई सहयोग गर्नुहुन्छ कि?" भन्ने वाक्य चिनियाँ भाषामा
कसरी भन्ने कुराबारे अब तपाईं स्पष्ट हुनुभयो कि?
वर्षाः राम्रो छ। अब यो वाक्य पुनः एक पटक सुन्नुहोस्। नि नंग पांग वो यि क मांग मा?
कमलः नि नंग पांग वो यि क मांग मा? मलाई सहयोग गर्नुहुन्छ कि?
वर्षाः "पांग मांग" भनेको सहयोग गर्नु हो।