नेपाली

पाठ पचपन्न

criPublished: 2014-01-28 14:25:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी

दयारामः चीनमा कृषि, बन जंगल, चिकित्सा, औषधि, शिक्षा, खेलकुद र कलालगायत् विभिन्न किसिमका विश्वविद्यालय छन्। हरेक वर्षको जूनमा विश्वविद्यालयमा भर्ना गराउने उद्देश्यले चीनले एकिकृत परीक्षाको आयोजना गर्ने गरेको छ। यसलाई चिनियाँहरुले "काउ खाउ" भन्छन्। यस परीक्षामा प्राप्त उपलव्धिबाट विद्यार्थीले आफूले मन पराउने विश्वविद्यालयको छनौट गर्न सक्छन्। हाल चीनका विभिन्न ठाउँहरुमा पर्ने विश्वविद्यालयहरुको संख्या दुई हजारभन्दा बढी पुगेको छ।

वर्षाः आजको पाठ पूरा भएको छ। अब म तपाईंलाई एउटा सानो प्रश्न सोध्न चाहन्छुः तपाईं के बिषय अध्ययनरत हुनुहुन्छ भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ?

दयारामः तपाईंहरुलाई यस प्रश्नको सही उत्तर थाहा छ भने हामीलाई आफ्नो जवाफ पठाउनुहोला। हाम्रो ठेगाना हो-

Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपाल

वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।

दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn