पाठ पैंतालीस
कः नी हाउ। क्वा यी क ट्रुआन च्या हाउ।
खः क्वा ना क ताई फु त?
कः नै ख ली शान ताई फु त।
कमलः भर्खरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नुभयो होला भन्ने हाम्रो आशा छ। अब हामी "चिनियाँ संस्कृतिका एकझलक"तिर लागौं।
चीनका सबै शहर वा टाउन्शीप बस्तीमा ठूला वा साना अस्पतालहरु छन। यस बाहेक केही कार्यालय वा सामुदायिक क्षे त्रमा पनि चिकित्सालय वा क्लिनिकहरु छन। सामान्यतया चिकित्सालय वा क्लिनिकमा गएर चिकित्सकलाई देखाए भैहाल्छ। यो सजिलो हुनुका साथै यसो गरेमा समयको पनि वचत हुन्छ। यदि अस्पतालमा चिकित्सकलाई देखाउन जाने हो भने सर्वप्रथम दर्ता गर्न लाम लाग्नुपर्छ। अझ तपाईंले विशेषज्ञ चिकित्सकलाई देखाउनचाहने हो भने एकदमै विहान सबेरै अस्पताल पुगेर नाम दर्ता गराउनुपर्छ। किनभने त्यस्ता विशेषज्ञ चिकित्सकले एक दिनमा जाँच्ने बिरामीहरुको संख्या धेरै कम हुन्छ। अहिले बिरामीहरुलाई सजिलो होस् भन्नका लागि विभिन्न ठूल्ठूला अस्पतालहरुले नेट वा टेलिफोनमार्फत दर्ता गराउने सेवा उपलव्ध गराएका छन।
वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "म विशेषज्ञ चिकित्सकलाई देखाउनु चाहन्छु" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?
कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।