नेपाली

पाठ पैंतालीस

criPublished: 2014-01-28 14:21:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः "तपाई‍ंले चिकित्सकलाई देखाउनुपर्‍यो"।, "नी तै छ्यु खान यी शंग"।

कमलः फेरि एक पटक भन्नुहोस न।

वर्षाः हुन्छ। "नी तै छ्यु खान यी शंग"।

वर्षाः "तै", "पर्छ"।

कमलः तै।

वर्षाः "खान", "हेर्नु"।

कमलः खान।

वर्षाः "यी शंग", "चिकित्सक"।

कमलः यी शं‍ग।

वर्षाः "नी तै छ्यु खान यी शंग"।

कमलः "नी तै छ्यु खान यी शंग"।, "तपाई‍ं चिकित्सकलाई देखाउनु जानुपर्छ"।

कमलः यदि म बिरामी भएँ भने तपाईं मसँगै अस्पताल जान सक्नुहुन्छ? नजिकको अस्पतालमा अंग्रेजी बोल्नजान्ने चिकित्सक नहोलान भनेर मलाई चिन्ता लागेको छ।

वर्षाः मलाई एकदमै मन छ। तर मैले अझै केही काम गर्न बाँकी छ। म तपाईंलाई चिनियाँ भाषामा के कसरी सहयोग माग्ने भन्ने कुरा सिकाउनसक्छु। तपाईं अरु सहकर्मीसँग तपाईंसँगै जानसक्ने कोही छ कि भनेर सोध्नुहोस्। तपाईं यसरी भन्नसक्नुहुन्छ-

नी नङ फै वो छ्यु यी युआन मा?

वर्षाः "नी", "तिमी"।

कमलः नी।

वर्षाः "नङ", दोश्रो टोन, "सक्नु"।

कमलः नङ।

वर्षाः "फै", यो पनि दोश्रो टोन, "साथ दिनु"।

कमलः फै।

वर्षाः "वो", "म"।

कमलः वो।

वर्षाः "छ्यु", "जानु"।

कमलः छ्यु।

वर्षाः "यी युआन", "अस्पताल"।

कमलः यी युआन।

वर्षाः "मा" वाक्यको अन्तमा प्रयोग गरिने सहायक शब्द हो। यो प्रश्नवाचक शब्द हो।

कमलः मा।

कमलः भयो, वर्षाजी, मल्लजी मसँग अस्पताल जान सहमत हुनुभयो। अब मलाई दर्ता गर्ने ठाउँ कहाँ छ भन्ने कुरा थाहा पाउने इच्छा छ।

वर्षाः तपाई‍ग यसरी सोध्न सक्नुहुन्छ- चाई ना अर क्वा हाउ?

वर्षाः "चाई", "मा वा रहनु"।

कमलः चाई।

वर्षाः "ना अर", "कहाँ"।

कमलः ना अर।

वर्षाः चाई ना अर क्वा हाउ?

कमलः "चाई ना अर क्वा हाउ?", " दर्ता गर्ने ठाउँ कहाँ छ?"

कमलः चाई ना अर क्वा हाउ? यहाँनेर किन वाक्यको अन्त्यमा "मा" भन्ने शब्द नथपेको नि?

वर्षाः तपाईंले एउटा राम्रो प्रश्न सोध्नुभयो। चिनियाँ भाषामा विशेष प्रश्नवाचक वाक्य भनेको बोल्नेले कुनै एक विषयबारे प्रश्न उठाउँदा सुन्नेलाई त्यसको उत्तर दिन लगाएको अर्थ बुझिएको छ। जस्तै भनुँ कहाँ दर्ता गर्ने? कुन चिकित्सकका लागि दर्ता गर्ने? वाक्यमा प्रश्ववाचक शब्द "कहाँ- चाई ना अर वा कुन- ना क " रहेको हुँदा वाक्यको अन्त्यमा भाववाचक शब्द "मा" भन्ने शब्दको प्रयोग गर्न नपर्ने भएको हो।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn