पाठ सत्सट्ठी
ख:श त, युन तोंग यौ यी यु शन थि चेन खाङ।
वार्तालाप चार
क: वो शी ह्वान ता शा थान फाइ छ्यौ।
ख: वो ये शी ह्वान ता शा थान फाइ छ्यौ।
वर्षा: गएको पाठका विषय आजलाई यत्ति नै। अब आजको विषयतर्फ लागौं।
आजका मुख्य वाक्यहरु यस प्रकार छन्-
पि साइ खाइ श ल।
था ता त ट्रन हाउ।
श्वै ह श्वै पि?
हाउ छ्यौ।
नि शी वाङ श्वै यिङ?
दयाराम: रंगशालाबाहिर दुई घण्टासम्म पर्खेपछि मात्र बास्केटबल प्रतियोगिता शुरु भयो।
वर्षा:धेरै राम्रो छ। "प्रतियोगिता शुरु भयो" चिनियाँ भाषामा "पि साइ खाइ श ल" भनिन्छ।
वर्षा: "पि" को तेश्रो टोन हो भने "साइ" को चौथो टोन हो।
वर्षा: "खाइ श", शुरु। "खाइ" को तेश्रो टोन हो भने "श" को चौथो टोन हो।
दयाराम: खाइ श।
वर्षा: "ल", यहाँ वाक्यको अन्तमा राखिने एउटा सहयोगी शव्द हो। त्यसको ठोस अर्थ छैन र त्यसले भूतकालको अर्थ बुझाउँछ।
दयाराम:ल।
दयाराम: वो श था त फन स। था ता त ट्रन हाउ।
वर्षा: त्वै, था ता त ट्रन हाउ।
वर्षा: था , उ वा उहाँ।
दयाराम: था।
वर्षा: ता", खेल्नु।
दयाराम: ता।
वर्षा: "त", यो एउटा सहयोगी शव्द हो। त्यसको प्रयोग क्रियापछि हुन्छ।
दयाराम: त।
वर्षा: ट्रन, साँचिकै।
दयाराम: ट्रन ।
वर्षा: हाउ, राम्रो।
वर्षा: था ता त ट्रन हाउ।
दयाराम: "था ता त ट्रन हाउ"।, उनी राम्रोसँग खेलिरहेका छन्।
वर्षा:प्रतियोगिता धेरै रोचक छ। यो कुन कुन टोली बीचको प्रतियोगिता हो? चिनियाँ भाषामा "श्वै ह श्वै पि?" भनिन्छ।
वर्षा: "श्वै"। त्यसको दोश्रो टोन छ। बोलचालको भाषामा त्यसको उच्चारण "शै" हो।
दयाराम: श्वै, त्यसको दोश्रो टोन छ।
वर्षा: ह, र।
दयाराम: ह।
वर्षा: पि, प्रतियोगिता गर्नु। त्यसको तेश्रो टोन छ।
दयाराम: पि।
वर्षा: श्वै ह श्वै पि?
दयाराम: "श्वै ह श्वै पि?" यो कुन कुन टोलीबीचको प्रतियोगिता हो?
क: पि साइ खाइ श ल। नि ख्वाइ लाइ खान या।