पाठ अठचालीस
कः छेन थेन।
वार्तालाप दुइ
कः यिंग काई ठ् शन मो याउ नाई?
खः नी श् श् ट्र ट्रोंग याउ।
कः शिंग।
वार्तालाप तीन
कः ट्र ट्रोंग याउ श्याओ को पु छ्वो।
खः यौ फु च्वो योंग मा?
कः मै शन मो फु च्वो योंग।
कमलः भर्खरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नुभयो होला भन्ने हाम्रो आशा छ। अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।
चिनियाँ जरिबुटी औषधीमा रोग-व्याधीको उपचार गर्नुका साथसाथै शरीरलाई स्वस्थ हुने गरी मिलाउने र मोचन शक्तिलाई बढाउने दिशामा पनि त्यतिको प्रतिकूल असर हुँदैन। यसैले दीर्घकालीन रोगको उपचार गर्दा वा बूढा-बूढी र वाल-वालिकाहरु विरामी भएपछि ओखती गर्दा चिनियाँ जरीबुटीको औषधी तिनीहरुको सबभन्दा पहिलो छनौट हो। चीनका औषधी पसलहरुमा चिनियाँ जरीबुटीको तयारी औषधीका साथै नाना थरिका जरीबुटी पनि छन। विशेष इलमी तालिम लिइसकेका कर्मचारीहरुले ग्राहकका लागि चिकित्सकले लेखेर दिएको प्रेस्क्रिपशन अनुसार मन लगाएर जरीबुटी जोखेर पोको पार्छन। चिनियाँ भाषामा यसलाई "ट्र्वा याउ अर्थात औषधी समात्नु" भनिन्छ। धेरैजसो जरीबुटीलाई पानीमा भिजाएर सानो आगोमा तताएर निकालिएको झोल मात्र खाए हुन्छ। यस क्रियालाई चिनियाँ भाषामा "चेन याउ अर्थात जरीबुटी औषधीको रस निकाल्नु" भनिन्छ। यसको क्रम धेरै जटिल छ। त्यसैले अहिले औषधी पसलका कर्मचारीहरुले ग्राहकका लागि जरीबुटी औषधी तताएर झोल निकालेर दिन्छन। यस बाहेक शरीरबाहिर लगाइने केही चिनियाँ जरीबुटी औषधी पनि छन। जस्तै लडेको, मर्केको , जोर्नी दुखेको वा घाउ भएको आदिमा लगाउने जरीबुटी औषधी मलम पनि छन। जहाँ समस्या भयो, त्यहाँ मलम लगाए हुन्छ। औषधी पसलमा गएर ग्राहकले आफ्नो लागि उचित औषधी छान्न सहयोग माग्नका लागि आफ्नो समस्याबारे त्यहाँका कर्मचारीलाई भने पुग्छ।
वर्षाः हवस, आजको कक्षा यति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "म कुन औषधी खाउँ त? " लाई चिनियाँ भाषामा कसरी भनिन्छ?
कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।