नेपाली

पाठ अठचालीस

criPublished: 2014-01-28 14:22:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

च्वै चिन वो या थंग।

यिंग काई ठ् शन मो याउ नाई?

ट्र ट्रोंग याउ श्याओ को पु छ्वो।

यौ फु च्वो योंग मा?

कमलः वर्षाजी, मलाई संचो छैन। पछिल्ला केही दिनमा मेरो दाँत दुख्नथालेको छ।

वर्षाः "च्वै चिन वो या थंग"। यस वाक्यको अर्थ "पछिल्ला केही दिनमा मेरो दाँत दुख्नथालेको छ" भन्ने हो।

कमलः यदि म चिकित्सकलाई मेरो दाँत दुखेको कुरा सुनाउन चाहन्छु भने म यसरी भन्नसक्छु कि "च्वै चिन वो या थंग"। ठीक छ?

वर्षाः ठीक छ। "च्वै चिन", चिनियाँ भाषाको उच्चारण अनुसार चौथो टोनमा छ, यसको अर्थ "हाल" हो।

वर्षाः "वो", तेश्रो टोनमा, "म" ।

कमलः वो।

वर्षाः "या", "दाँत", दोश्रो टोनमा।

कमलः या।

वर्षाः "थंग" को अर्थ "दुख्नु" हो, दोश्रो टोनमा।

कमलः थंग।

वर्षाः "च्वै चिन वो या थंग"।, "पछिल्ला केही दिनमा मेरो दाँत दुख्नथालेको छ"।

कमलः च्वै चिन वो या थंग।

वर्षाः च्वै चिन।

कमलः च्वै चिन।

वर्षाः "वो या थंग", "मेरो दाँत दुख्छ।"

कमलः वो या थंग।

वर्षाः च्वै चिन वो या थंग।

कमलः "च्वै चिन वो या थंग"।, "केही दिन भयो, मेरो दाँत दुख्नथालेको छ"।

कमलः अब म कुन औषधी खाउँ?

वर्षाः तपाईंले चिकित्सकको सल्लाह लिनुपर्छ। उहाँले तपाईंलाई उपयुक्त औषधी दिनुहोला।

कमलः मलाई लाममा बस्न मन पर्दैन। औषधी पसलमा अलिकति औषधी किने भइहाल्छ, हैन र?

वर्षाः त्यसो भए तपाईं औषधी पसलमा गएर सोध्नुहोस्- "यिंग काई ठ् शन मो याउ नाई?"

कमलः यिंग काई ठ् शन मो याउ नाई?

वर्षाः "यिंग काई", "आवश्यक"।

कमलः यिंग काई।

वर्षाः "ठ्", " खानु"।

कमलः ठ्।

वर्षाः "शन मो", "कुन वा के"।

कमलः शन मो।

वर्षाः "याउ", "औषधी"।

वर्षाः "नाई", यस शब्दले वाक्यको अन्त्यमा रहेर प्रश्न सोध्ने काम गर्छ।

कमलः नाई।

वर्षाः "यिंग काई ठ् शन मो याउ नाई?"

कमलः "यिंग काई ठ् शन मो याउ नाई?", "म कुन औषधी खाउँ त?"

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn