पाठ पचास
औषधी झिकाउने शुल्क बुझाउने
वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।
कमलः नमस्कार सबैलाई। म कमल लम्साल। अघिल्लो पाठमा हामीले जरुरी उपचारसम्बन्धी विषयबारे सिकाएका थियौं।
वर्षाः ठीक छ। हामी सर्वप्रथम ती कुरा दोहर्याएर सिकौं। "ख्वाई च्याओ च्यौ हू ठ्र"।
वर्षाः "ख्वाई", "छिटो"।
कमलः ख्वाई।
वर्षाः "च्याओ च्यौ हू ठ्र" "आकस्मिक गाडी बोलाऊ"।
कमलः च्याओ च्यौ हू ठ्र।
वर्षाः "ख्वाई च्याओ च्यौ हू ठ्र"।, "चाँडै आकस्मिक गाडी बोलाऊ"।
कमलः ख्वाई च्याओ च्यौ हू ठ्र।
वर्षाः "उनको धेरै रगत बगेको छ", "था लिउ ल हेन त्वो शे"।
कमलः था लिउ ल हेन त्वो शे।
वर्षाः मै यौ शंग मिंग वै शेन पा?
कमलः "मै यौ शंग मिंग वै शेन पा? ", "ज्यानको खतरा त छैन?"
वर्षाः "वै शेन", "खतरा"।
कमलः वै शेन।
वर्षाः "च्वै हाउ ट्रु युआन कुआन ठ्रा ची थेन"।, "केही दिन अवलोकनका लागि अस्पतालमा भर्ना भएको भए बेस हुनेथियो"।
कमलः च्वै हाउ ट्रु युआन कुआन ठ्रा ची थेन।
वर्षाः अब अघिल्लो पाठको पूरा वार्तालाप सुनौं।-
कः यौ रन शौ शाँग ल।
कः था लिउ ल हेन त्वो शे।
खः ख्वाई च्याओ च्यौ हू ठ्र।
कः मै यौ शंग मिंग वै शेन पा?
खः पु याओ चिन, च्वै हाउ ट्रु युआन कुआन ठ्रा ची थेन।
कमलः अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब आजको मुख्य विषयतिर लागौं।
आजका मुख्य विषयहरुः
छिंग निंग शेन छ्यु च्याओ फै।
ताई फु, छ्यु याओ।
ट्र यी फिंग श् वाई योंग त।
निंग पे नंग छ्वो ल।
कमलः अघिका केही पाठहरुमा हामीले चिकित्सकलाई देखाउने विषयबारे सिकेका थियौं। वर्षाजी, मलाई यतिका धेरै सिकाउनुभएकोमा तपाईंलाई धेरै धन्यवाद।
वर्षाः केही छैन।
कमलः चिकित्सकले मलाई प्रेस्क्रिपशन लेखेर दिनुभयो। मैले औषधी लिन जानुपर्यो।