पाठ पचास
वर्षाः यस वाक्यमध्येको "ल" सहायक शब्द हो। वाक्यको अन्त्यमा राखेर यसले घटना घटिसकेको कुरा बुझाउँछ। जस्तो कि श्या यू ल। व्हा खाई ल।
कमलः ल।
वर्षाः "निंग पे नंग छ्वो ल"।, "तपाईं नबिर्सनुहोस है"।
कमलः निंग पे नंग छ्वो ल।
वर्षाः अब आजको पूरा वार्तालाप सुनौं-
वार्तालाप एक
कः छिंग निंग शेन छ्यु च्याओ फै।
वार्तालाप दुइ
खः "ताई फु, छ्यु याओ"।
कः छिंग पा याओ फाँग कै वो।
वार्तालाप तीन
कः ट्र यी फिंग श् वाई योंग त।
खः हाउ त, वो ट् ताउ ल।
वार्तालाप चार
कः ट्र यी फिंग श् नै फु त।
खः हाउ त, शे शे।
कमलः भर्खरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नुभयो होला भन्ने आशा हामीले गरेका छौं। अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।
बिरामी हुनबाट जोगिनका लागि चिनियाँहरुले शरीर स्वस्थ तुल्याउने धेरै उपाय पत्तो लगाएका छन। उदाहरणका लागि, आँखा रातो भएको र सुनिएको, मुखको किनारमा घाउ भएको र दाँत दुखेको जस्ता कुराहरु ऋतु परिवर्तन भएको वा सञ्चो नभएको बेलामा प्रायजसो देखिन्छन। चिनियाँ चिकित्सामा यसलाई "शाँग व्हो" अर्थात शरीरमा आगो भएर पोलेको भन्ने मान्यता छ। शरद् ऋतु र वसन्त ऋतुमा शरीरमा ताप बढी हुन्छ। त्यसैले चिनियाँहरुले शरीरको तापलाई घटाउनका लागि पानीमा नाश्पाती पकाएर खानेगरेका छन र गोदावरीको फूल वा चिन यिंग व्हा भन्ने एक किसिमको फूल पानीमा भिजाएर खानेगरेका छन। धेरै बेरसम्म ए सी खोलेको कोठामा बसेका वा फ्रीजबाट निकालिएका पेय पदार्थ बेस्सरी खाएपछि मानिसलाई रुघा लाग्छ र पेट बिग्रेर पातलो दिसा आउँनथाल्छ। चिनियाँहरु यसलाई शरीरमा चिसो पसेको भन्छन र यसरी सञ्चो नभएको अवस्थालाई "ट्राउ ल्याँग अर्थात चिसो लागेको" भन्छन। तापक्रम तल/माथि भएको बेलामा बुबा-आमाले आ-आफ्ना छोरा-छोरीलाई तातो पानी वा मन्तातो पानी खाऊ र भात र तरकारी तातै खाऊ, हावा भएको ठाउँमा विश्राम गर्दा सिरक राम्ररी ओढ भन्ने जस्ता सुझाउ दिनेगर्छन।
वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "चिकित्सक, औषधी पाउँ न" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?
कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।