नेपाली

पाठ छयालिस

criPublished: 2014-01-28 14:21:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँहरु बिरामी भएपछि प्रायजसो आ-आफ्नो कार्यालयले तोकेका वा चिकित्सा बिमाअन्तर्गत रहेका अस्पतालमा चिकित्सकलाई देखाउन जाने गर्दछन। तर यसो हुँदाहुँदै पनि बिरामीलाई अरु अस्पतालमा ओखती गर्न नदिइने पनि होइन। जहाँसम्म ओखती उपचारको कुरा छ, कसै-कसैलाई पश्चिमी चिकित्सा मन पर्छ भने कसै-कसैले चिनियाँ परम्परागत चिकित्सालाई झन बढी माया गर्छन। आवश्यक पर्‍यो भने विशेष इलमी अस्पतालमा पनि जानसकिन्छ। जस्तै मुख अस्पताल, आँखा अस्पताल, स्त्री रोग अस्पताल र वाल अस्पताल इत्यादि। बिरामीहरुले अस्पतालमा जचाइसकेपछि चिकित्सकले लेख्नुभएको प्रेसक्रिप्शन लिएर त्यही अस्पतालको औषधी बिक्री कक्षमा औषधी लिन पाइन्छ। कहिलेकाँही त्यहाँ लाममा बस्न अल्छी लाग्यो भने प्रेसक्रिप्शन लिएर सीधै औषधी पसलमा औषधी किन्नसकिन्छ। तर औषधी पसलका औषधीलाई पनि प्रेसक्रिप्शन चाहिने औषधी र प्रेसक्रिपशन नचाहिने औषधी गरी दुइ किसिममा विभाजित गरिएको छ। एकै शब्दमा भन्ने हो भने औषधी किन्दा बढी विवेकशील र सावधान हुनुपर्छ र औषधीको प्रयोग आफूखुशी गर्नुहुँदैन।

वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "मेरो टाउको दुखेको छ।" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn