नेपाली

पाठ छयालिस

criPublished: 2014-01-28 14:21:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नी ना अर पु शु फु?

वो थौ थंग।

वो ला तु च्।

शेन ल्याँग यी श्या थी वन।

शन मो श् हौ खाई श् त?

कमलः वर्षाजी, तपाईंलाई थाहा छ? अहिले म चीनमा उठबस गर्न निकै अभ्यस्त भैसकेको छु। तर कहिलेकाँही कुनै ठाउँमा पुग्दा भाषाको कारणले अरुसित आदान-प्रदान गर्न मलाई अझै केही अप्ठ्यारो पर्छ। जस्तै भनौं अस्पतालमा चिकित्सकलाई देखाउने र औषधी लिने बेलामा मलाई एकदमै असजिलो पर्छ। यदि चिनियाँ भाषा जानेको भए धेरै सजिलो हुने थियो।

वर्षाः ठीक छ। अब हामी सिक्न शुरु गरौं। सबभन्दा पहिलो र महत्वपूर्ण कुरा भनेको अस्पताल जाँदा चिकित्सकले तपाईंलाई सोध्लान- "नी ना अर पु शु फु?"

कमलः "नी ना अर पु शु फु?", "तपाईंलाई कहाँ असजिलो भएको छ?"

वर्षाः "नी", "तिमी"।

कमलः नी

वर्षाः " ना अर", "कहाँ"।

कमलः ना अर।

वर्षाः "पु", "न"

कमलः पु।

वर्षाः "शु फु", पहिलो टोन र दोश्रो टोनमा, "आनन्द"।

कमलः शु फु।

वर्षाः "नी ना अर पु शु फु?", "तपाईंलाई कहाँ असजिलो भएको छ?"

कमलः हलो, वर्षाजी, मलाई एकदमै गाह्रो भएको छ। मेरो टाउको दुखेको छ।

वर्षाः "वो थौ थंग", यसको अर्थ "मेरो टाउको दुखेको छ" हो।

कमलः त्यसो भए यदि म चिकित्सकलाई मेरो टाउको दुखेको छ भन्न चाहन्छु भने "वो थौ थंग" भने पुग्छ, होइन?

वर्षाः ठीक छ। "थौ" को अर्थ "टाउको" हो।

कमलः थौ।

वर्षाः "थंग", "दुख्नु"।

कमलः थंग।

वर्षाः "वो थौ थंग"।

कमलः ह, "वो थौ थंग", "मेरो टाउको दुखेको छ"।

वर्षाः जहाँ दुख्छ, त्यस भाग उल्लेख गरेर "दुखेको" शब्द भनिदिए हुन्छ। उदाहरणका लागि थौ थंग, साँग च् थंग, या थंग, थ्वै थंग, पै थंग आदि आदि।

कमलः यदि मलाई दिसा लागेको छ भनेर चिकित्सकलाई भन्नुपर्‍यो भने कसरी भन्नुपर्छ नि?

वर्षाः तपाईंले यसरी भन्न सक्नुहुन्छ- "वो ला तु च्"।

कमलः वो ला तु च्।

वर्षाः "ला तु च्", "पातलो दिसा"।

वर्षाः त्यस्तै तपाईलाई रुघा लागेको भए चिकित्सकले सर्वप्रथम तपाईको शरीरको तापक्रम नाप्न लगाउनुहुनेछ।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn