पाठ सन्ताउन्न
ख: च्यौ युए यी हाउ।
वार्तालाप चार
क: यी क श्वे छि त श्वे फै श त्वो शाउ?
ख: यी क श्वे छि यी वान।
वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।
दायाराम: चीनका प्रायजसो विश्वविद्यालयमा आफ्नो लामो इतिहास तथा विशेषतायुक्त संस्कृतिको ब्याख्या गरिने नाराहरु छन्। जस्तै: पैचिङ्ग विश्वविद्यालयको "मातृभूमिप्रेमी, प्रगति, प्रजातन्त्र तथा विज्ञान" भन्ने नाराबाट पहिले पैचिङ्ग विश्वविद्यालयका विद्यार्थीहरुले स्वतन्त्रको सिर्जनाका लागि अथक प्रयास गरेको घत लाग्दो भावना प्रतिबिम्बित गरिन्छ। प्रायजसो विश्वविद्यालयका नारा प्राचीन चीनका प्रसिद्ध ग्रन्थबाट निर्मित गरिएकाले त्यसमा गहिरो सांस्कृतिक वातावरण पनि भरिपूर्ण देखिएको छ। छिङ्ग व्हा विश्वविद्यालयको नारा पनि "चीन राष्ट्रको मुद्धिमता" मानिने प्राचीन चीनको महा ग्रन्थ "चौ यी" बाट निर्मित गरिएको छ भने फु तान विश्वविद्यायको नारा प्राचीन चीनका महा विचारक, राजनैतिज्ञ र शिक्षा-विद्बान कन्फ्यूसस तथा उहाँका विद्यार्थीहरुका महत्वपूर्ण भनाई राखिएको लुन य्वी नामक महा ग्रन्थबाट निर्मित गरिएको छ।
वर्षाः श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा प्रश्नः "विद्यालय कहिले खुल्छ?" भन्ने प्रश्नलाई चिनियाँ भाषामा कसरी भन्ने?
दायाराम: यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपालमा पठाउन सक्नुहुन्छ।
वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।
दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।