नेपाली

पाठ सन्ताउन्न

criPublished: 2014-01-28 14:26:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षा: श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

दायाराम: नमस्कार। म आजको उद्‍घोषक दायाराम दाहाल। गएको पाठमा हामीले इन्टरनेट बारसम्बन्धी विषयबारे चर्चा गरेका छौं।

वर्षा: हो नि। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहर्‍याएर सिकौं। पहिलो वाक्य: "इन्टरनेट बार कहाँ छ?" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

दायाराम: मलाई याद छ। "ना अर यौ वाङ्ग पा"।

वर्षा: एकदमै ठीक छ। "ना अर यौ" भनेको "कहाँ छ" हो।

दायाराम: ना अर यौ।

वर्षा: वाङ्ग पा, इन्टरनेट बार।

दायाराम: वाङ्ग पा।

वर्षा: पूरा वाक्य चाहिं: ना अर यौ वाङ्ग पा।

दायाराम: "ना अर यौ वाङ्ग पा"।, इन्टरनेट बार कहाँ छ।

वर्षा: अब अर्को वाक्य: नि यौ च् ची त पो ख मा?

दायाराम: "नि यौ च् ची त पो ख मा?" त्यसको अर्थ "तिम्रो आफ्नो ब्लोगछ कि" भन्ने रहेको छ।

वर्षा: "च् ची त पो ख", आफ्नो ब्लोग।

दायाराम: च् ची त पो ख।

वर्षा: पूर्ण वाक्य: नि यौ च् ची त पो ख मा।

दायाराम: "नि यौ च् ची त पो ख मा?" तिम्रो आफ्नो ब्लोग छ कि?

वर्षा: दायाराम ज्यू, "तिम्रो इ-मेलको ठेगाना के छ?" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

दायाराम: सजिलो छ, "नि त यौ श्याँग ति ट् श शन मो?

वर्षा: ठीक छ। नि त यौ श्याँग ति ट् श शन मो? "यौ श्याँग ति ट्" भनेको "इ-मेलको ठेगाना"।

दायाराम: यौ श्याँग ति ट् ।

वर्षा: नि त यौ श्याँग ति ट् श शन मो?

दायाराम: नि त यौ श्याँग ति ट् श शन मो? तिम्रो इ-मेलको ठेगाना के छ?

वर्षा: आफ्नो पासवर्ड बिर्सनुभएमा तपाईं "वो वाङ्ग ची मि मा ल" भन्ने वाक्य भन्न सक्नुहुन्छ।

दायाराम: हो नि। "वो वाङ्ग ची मि मा ल"।

वर्षा: "वाङ्ग ची मि मा" भनेको पासवर्ड बिर्सनु।

दायाराम: वाङ्ग ची मि मा।

वर्षा: पूरा वाक्य: वो वाङ्ग ची मि मा ल।

दायाराम: "वो वाङ्ग ची मि मा ल"।, मैले पासवर्ड बिर्सेको छु।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn