पाठ एकाउन्न
कः नी हाउ तेन अर ल मा?
खः हाउ शे ल, नी ना मो माँग हाई लाई खान वो।
वार्तालाप दुइ
कः चाई यी युआन ली ट्रन मै यी स्।
खः नी ट्र क शिंग छी नंङ ठ्रु युआन मा?
कः ठ्रा पु त्वो।
वार्तालाप तीन
कः नी हाउ हाउ श्यौ शी।
खः हाउ त, शे शे नी लाई खान वो।
कः ट्रु नी चाउ र(हलन्द)व्है फु चेन खाँग।
कमलः भर्खरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नुभयो होला भन्ने हाम्रो आशा छ। अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।
आफ्नो कमर, पिठ्यूँ दुखेको वा थाकेर कमजोर भएको बेलामा धेरै चिनियाँहरुलाई 'पा क्वान' र 'क्वा शा' मन लाग्छ। ती सबै लामो कालदेखि प्रचलित परम्परागत उपचार पद्धति हुन। त्यस्ता पद्धतिको प्रयोग छालामा रगत बग्ने गतिलाई तिव्र पारेर रक्त संचारलाई मजबुत पार्ने, दुखेको र सुनिएको मेटाउने, शरीरभित्रको विष हटाउने र मोचन शक्ति बढाउने उद्देश्यअनुरुप गरिन्छ। पा क्वान भनेको, एउटा सानो भाँडोभित्र आगो केही बेर बलेपछि भाँडाको मुख शरीरको कुनै एक दुखेको भागमा घोप्टो पारेर थिच्नु हो। यसरी नै भाँडाभित्रको हावाको चाप शक्तिले भाँडो थिचेको भागको छालामा रगत जम्छ। क्वा शा भनेको एउटा सिक्का वा चम्चाको किनारमा पानी वा तेल चोपेर विरामीको छाती र पिठ्यूँ आदि भाग ताछे जस्तो गर्दु हो। यसरी उपचार गर्दा अलिकति दुख्छ तर उपचार गरिएपछि साँच्चै नै हल्का अनुभव हुन्छ, साथै यसरी उपचार गर्ने तरिका पनि सजिलो र सुविधाजनक छ।
वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "म तपाईंलाई यथाशीघ्र निको होस् भन्ने शुभकामना दिन्छु।" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?
कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।