नेपाली

पाठ एकाउन्न

criPublished: 2014-01-28 14:23:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नी ट्र क शिंग छी नंङ ठ्रु युआन मा?

ट्रु नी चाउ र(हलन्द)व्है फु चेन खाँग।

कमलः वर्षाजी, मैले अस्पतालमा बसिरहेका मेरो एकजना साथीलाई हेर्न जाने विचार गरेको छु। तपाईं मलाई यस वाक्यलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ, सिकाइदिनुहुन्छ कि?

वर्षाः सर्वप्रथम उहाँलाई आफ्नो आत्मीयता देखाउनका लागि तपाईं उहाँको स्वास्थ्य अवस्थाका बारेमा सोध्नसक्नुहुन्छ। "नी हाउ तेन अर ल मा?" "तपाईंलाई अलि बिसेक भएको अनुभव भयो?"

कमलः नी हाउ तेन अर ल मा?

वर्षाः "नी", तेश्रो टोनमा, यसको अर्थ " तिमी" हो।

वर्षाः "हाउ तेन अर", "अलि राम्रो"।

कमलः हाउ तेन अर।

वर्षाः "मा" प्रश्नवाचक सहायक शब्द हो। प्रश्नवाचक वाक्यले प्रश्न सोधेको भाव बताउँछ र यो प्रश्न सोध्ने वाक्य हो। प्रश्नवाचक वाक्यको अन्त्यमा प्रायजसो प्रश्नवाचक शब्द "मा" को प्रयोग गरिन्छ। यसले सुन्नेलाई "सकारात्मक वा नकारात्मक", " छ कि छैन" भन्ने उत्तर दिन आग्रह गर्दछ। जस्तो कि "नी हाउ तेन अर ल मा?", "नी ट्र क शिंग छी नंङ ठ्रु युआन मा?" आदि।

कमलः मा।

वर्षाः नी हाउ तेन अर ल मा?

कमलः "नी हाउ तेन अर ल मा?" "तपाईंलाई अलि बिसेक भएको अनुभव भएको छ कि?"

वर्षाः "हाउ तेन अर ल"। , "अलि बिसेक भयो"।

कमलः हाउ तेन अर ल।

वर्षाः अस्पतालमा केही समय बसेपछि धेरै मानिसलाई अस्पतालमा बस्दा-बस्दा दिक्क लाग्छ। तिनीहरुको उठ-बस एउटा सानो परिधिभित्र मात्र सीमित हुन्छ र भेट्ने आफन्त र साथीहरुको संख्या पनि धेरै हुँदैन। त्यसैले मेरो विचारमा अस्पतालमा बसिरहेका तपाईंका साथीलाई तपाईंले देखाउने समझदारीलाई चिनियाँ भाषामा कसरी भन्नुपर्ने कुरा सिकाउनुपर्‍यो। "चाई यी युआन ली ट्रन मै यी स्"।

वर्षाः "चाई", "मा"।

कमलः चाई।

वर्षाः "यी युआन", "अस्पताल"।

कमलः अस्पताल।

वर्षाः "ली", "भित्र"।

कमलः ली।

वर्षाः "ट्रन", "साँच्चै"।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn