नेपाली

पाठ त्रिसट्ठी

criPublished: 2014-01-28 14:36:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बर्षाः कति राम्रो ब्याख्या!

दयारामः बर्षा जी, चिनियाँमा "अनुहारको प्रतिरुप कति सुन्दर" भन्ने वाक्यलाई कसरी भन्ने?

दयारामः तो फ्याउ ल्याङ त लेन फु।

बर्षाः यहाँनिर "तो" क्रियाविशेषण हो र विस्मय वाक्यमा "तो"को अर्थ भनेको "उच्च स्तरिय" हो।

दयारामः तो।

बर्षाः फ्याउ ल्याङ, सुन्दर।

दयारामः फ्याउ, ल्याङ।

बर्षाः लेन फु, पैचिङ्ग ओपेरामा रङ्गीचङ्गी बुट्टा भरिएको अनुहार।

दयारामः लेन फु।

बर्षाः तो फ्याउ ल्याङ त लेन फु।

दयारामः "तो फ्याउ ल्याङ त लेन फु"।, पैचिङ्ग ओपेरामा अनुहारको प्रतिरुप कति सुन्दर! अब आजको चौथो वार्तालाप सुन्नुहोस्-

बर्षाः अब हामी आजका पूरै वार्तालाप सुन्नुहोस-

वार्तालाप एक

कः वो छिङ नि छ्यु खान चिङ च्यु।

खः ट्रन त मा? थाइ हाउ ल। वो हाइ मै खान को चिङ च्यु न।

वार्तालाप दुइ

कः यौ मै यौ च मु? वो फा थीङ पु तुङ।

खः पु ह्वी यौ वन थी त।

वार्तालाप तीन

कः "येन ठ्रु च्यौ याउ खाइ श् ल"।, चान मन पा शौ ची कुआन ल पा।

खः हाउ त।

कः चिन थेन त येन युआन तौ फै ठ्रांग यौ मिङ!

वार्तालाप चार

कः तो फ्याउ ल्याङ त लेन फु।

खः थाइ पाङ ल!

वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।

दयारामः पैचिङ्ग ओपेरा चीनको राष्ट्रिय सारतत्व हो र त्यसको लामो इतिहास एवम् गहन सांस्कृतिक आधार रहेको छ। चीनमा रहेका तीनसय किसिमका परम्परागत ओपेराहरुमध्ये पैचिङ्ग ओपेरा सबभन्दा ठूलो परिधिमा प्रचलित र सबभन्दा प्रभावपूर्ण ओपेरा हो। पैचिङ्ग ओपेरामा शन्","दान्","चिन्" र "छौ" यी चार किसिमका पात्र छन् र प्रत्येक प्रतिरुप पात्रमा पनि केही फरक छ। अनुहारमा लगाएका रंगबाट अभिनेताको भावना, गुण-स्तर र भाग्य दर्शकहरुसामु देखाइन्छ। रातो अनुहार भएको पात्रले असल व्यक्तिको अभिनय गर्छ। यस्तो पात्र इमान्दार र शूरवीर हुन्छ। कालो अनुहार बनाइएको पात्रले निपुर्ण व्यक्तिको अभिनय गर्छ। पहेंलो अनुहार बनाइएका क्रूर छन्। नीलो र हरियो अनुहार बनाइएको पात्र डरलाग्दा छन्।

वर्षाः श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा सानो प्रश्नः म तिमीलाई पैचिङ्ग ओपेरा हेर्न निमन्त्रणा दिन्छु भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

दयारामः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपालमा पठाउन सक्नुहुन्छ।

वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।

दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn