नेपाली

पाठ त्रिसट्ठी

criPublished: 2014-01-28 14:36:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दयारामः वो छिङ नि छ्यु खान चिङ च्यु।

बर्षाः अब पहिलो वार्तालाप फेरि एक पटक सुन्नुहोस।

दयारामः मैले धेरै प्रयास गरी चिनियाँ भाषा सिकेता पनि मेरो चिनियाँ भाषाको स्तर सामान्य छ। त्यही भएर पैचिङ्ग ओपेरा हेर्दाखेरी "अक्षर लेखिएको भिडियो छ कि" भन्ने कुरा मैले थाहा पाउनुपर्छ। वर्षा जी, यसलाई कसरी भन्ने?

बर्षाः "यौ मै यौ च मु?" अक्षर लेखिएको भिडियो छ कि?

दयारामः यौ मै यौ च मु?

बर्षाः यौ, छ।

दयारामः यौ।

बर्षाः मै यौ, छैन।

दयारामः मै यौ।

बर्षाः च् मु, अक्षर

दयारामः च मु।

बर्षाः "यौ मै यौ च मु?", "छ कि छैन?" अब आजको दोस्रो वार्तालाप सुन्नुहोस।

बर्षाः धेरैजसो सिनेमाघरमा दर्शकहरुले मोबाइल बन्द गर्नुपर्छ। यसै कारणले मेरो विचारमा यस वाक्य तपाईंका लागि सहयोगी छः "चान मन पा शौ ची कुआन ल पा"।

दयारामः चान मन पा शौ ची कुआन ल पा।

बर्षाः चान मन, हामी।

दयारामः चान मन।

बर्षाः "पा", नामयोगी शब्द। यो र यसपछिको नामयोगी वाक्याँशसँगै क्रिया विधेयकको भूमिका खेल्छ। यस वाक्यको बनौट यस प्रकार छः प्रजा + 'पा' + अभिप्राय + विधेय। जस्तै भनौं, चान मन पा शौ ची कुआन ल।

दयारामः पा।

बर्षाः शौ ची, मोबाइल फोन।

दयारामः शौ ची।

बर्षाः कुआन, बन्द गर्नु।

दयारामः कुआन।

बर्षाः 'ल'तथा 'पा' यी दुइटा शब्द मनको स्थितिलाई देखाइने शब्द हुन्।

दयारामः ल, पा।

बर्षाः चान मन पा शौ ची कुआन ल पा।

दयारामः "चान मन पा शौ ची कुआन ल पा"।, मोबाइल बन्द गरौंला। अब आजको तेस्रो वार्तालाप सुन्नुहोस्।

दयारामः मैले सुनेअनुसार, अनुहारको प्रतिरुपले पैचिङ्ग ओपेरामा महत्वपूर्ण भूमिका खेल्छ र यसले मानिसहरुलाई फरक छुट्याउँछ। एउटा नमूना दिउँ, रातो अनुहार भएको पात्र वीरत्व, इमानदारी मिजास भएको मानिसको प्रतिनिधित्व गर्दछ भने सेतो अनुहार खराब, झूटो बोल्ने तथा कपटी खालको मानिसलाई प्रतिनिधित्व गर्छ।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn