नेपाली

पाठ सैंतीस

criPublished: 2014-01-28 14:15:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः फाँग चु त्वो शाउ छेन?

कमलः "फाँग चु त्वो शाउ छेन?", "डेराको भाडा कति छ?"

वर्षाः "फाँग चु", "डेराको भाडा"।

कमलः फाँग चु।

वर्षाः वो मन शन मो श् हौ छेन ह थोंग?

कमलः "वो मन शन मो श् हौ छेन ह थोंग?", "हामीले करार पत्रमा कहिले हस्ताक्षर गर्ने?"

वर्षाः "छेन ह थोंग", "करार पत्रमा सही गर्नु"।

कमलः छेन ह थोंग।

वर्षाः वो कै नी खाई क शौ च्यु।

कमलः "वो कै नी खाई क शौ च्यु" ।, " तपाईंलाई म एउटा भर्पाइ दिन्छु"।

वर्षाः "खाई क शौ च्यु", "भर्पाइ दिनु"।

कमलः खाई क शौ च्यु।

वर्षाः अब आजका सबै वार्तालाप सुनौं-

पूरा वार्तालाप-

वार्तालाप एक

कः नङ शाँग वाँग मा?

खः ख यी शाँग वाँग।

वार्तालाप दुइ

कः श्वै तेन फै ह मै छी फै चन मो च्याओ?

खः छ्यु यिन हाँग च्याओ च्यौ ख यी ल।

वार्तालाप तीन

कः फाँग चु त्वो शाउ छेन?

खः युए चु ल्याँग छेन पा पाई युआन।

वार्तालाप चार

कः वो मन शन मो श् हौ छेन ह थोंग?

खः मै वन थी त व्हा, शेन चाई च्यौ ख यी।

वार्तालाप पाँच

कः ट्र श् सान क युए त फाँग चु।

खः हाउ त। वो कै नी खाई क शौ च्यु।

कमलः भर्खरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नसक्नुहुने आशा हामीले गरेका छौं। अब हामी "चिनियाँ संस्कृतिका एक/दुइ कुरा"तिर लागौं।

चीनमा सन् 1980 अघि "घर किन्नु" , " घर जग्गा दलाली" जस्ता शब्दहरु साधारणतया अपरिचित शब्द थिए। किनभने तिनताका सम्बन्धित निकायले घर वितरण गर्ने प्रथा लागू भएको थियो। प्रत्येक कामदार थोरै मात्र भाडा तिर्ने गरी आ-आफ्नो कार्यलयबाट बाँडिएको घरमा बस्न पाउँथे। हुन तथापि तिनीहरुमा घरको स्वामित्वको अधिकार हुँदैनथ्यो। गत शताव्दीको नब्बेको दशकदेखि चीनले त्यस्तो कल्याणकारी गुणयुक्त घर वितरण प्रथालाई हटाएर घरबारको ब्यापारीकरण नियम लागू गर्नथालेको छ। आजआएर "घर किन्ने" कुरा सर्वसाधारणका लागि निकै चासोको विषय बनेको छ। घरकाक्रेताहरुमा अधिकांश युवा वर्ग रहेको छ। विशेष गरी विहे गर्न तयार भएका युवा-युवतीहरुका लागि नयाँ घर किन्नु झन नभइनहुने पूर्वशर्त बनेको छ। यसो गरिएबाट आर्थिक स्थिति त्यतिको सबल नभएका घर-परिवारका लागि दुलहा र दुलही दुबैतर्फका परिवारले आफ्नो सम्पूर्ण बचत लगानी गर्नुका साथै नव विवाहित दम्पतिले पनि भारी बोझ काँधमा बोक्नुपरेको छ। तर यसो हुँदाहुँदै पनि अधिकांश मानिसहरुले भाडामा घर लिनुको सट्टा घर किन्न तँछाड-मँछाड गरिरहेका हुन्छन। किनभने उनीहरुको विचारमा, दीर्घकालीन दृष्टिबाट हेर्दा भाडामा लिनुभन्दा घर किन्नु फाइदाजनक छ।

वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "डेराको भाडा कति छ?" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn