पाठ सैंतीस
वर्षाः "चन मो च्याओ", "कसरी तिर्नु"।
कमलः चन मो त्याओ।
वर्षाः "श्वै तेन फै ह मै छी फै चन मो च्याओ?", "पानी, विजुली र ग्यासको पैसा कसरी तिर्ने?"
वर्षाः राम्रो। अब "कति पैसा"लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ भन्ने कुरा तपाईलाई थाहा पाउन मन लागेको होला, कसो?
कमलः अवश्य। "एक महिनाको भाडा कति छ?" भनेर कसरी सोध्ने?
वर्षाः तपाईं यसरी भन्नसक्नुहुन्छ- फाँग चु त्वो शाउ छेन?
कमलः फाँग चु त्वो शाउ छेन?
वर्षाः "त्वो शाउ छेन", "कति पैसा"।
कमलः त्वो शाउ छेन।
वर्षाः तपाई यसरी भन्नसक्नुहुन्छ- फाँग चु त्वो शाउ छेन?
कमलः "फाँग चु त्वो शाउ छेन?", "डेराको भाडा कति?"
कमलः "करारपत्रमा कहिले हस्ताक्षर गर्ने?" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
वर्षाः हामी यसरी भन्छौं- वो मन शन मो श् हौ छेन ह थोंग?
कमलः वो मन शन मो श् हौ छेन ह थोंग?
वर्षाः "वो मन", "हामी"।
कमलः वो मन।
वर्षाः "शन मो श् हौ", "कहिले"।
कमलः शन मो श् हौ?
वर्षाः भर्खरै हामीले भनेजस्तै तपाईंले एकै चोटि तीन महिनाको भाडा तिर्नुपर्छ। प्रायजसो घरपट्टिले डेरावाललाई एउटा रसिद दिएर "वो कै नी खाई क शौ च्यु" भन्नेगर्छन।
कमलः वो कै नी खाई क शौ च्यु।
वर्षाः " वो", "म"।
कमलः वो।
वर्षाः "कै नी", "तपाईंलाई दिनु"।
कमलः कै नी।
वर्षाः "शौ च्यु", "रसिद वा भर्पाइ"।
कमलः शौ च्यु।
वर्षाः "खाई शौ च्यु", "भर्पाइ वा रसिद दिनु"।
कमलः खाई शौ च्यु।
वर्षाः हस। अब हामी भर्खरै सिकेका विषयहरु एक पटक दोहर्याएर सिकौं-"नङ शाँग वाँग मा?"
कमलः नङ शाँग वाँग मा?
वर्षाः "शाँग वाँग", "नेटको प्रयोग गर्नु"।
कमलः शाँग वाँग।
वर्षाः "श्वै तेन फै ह मै छी फै चन मो च्याओ?",
कमलः श्वै तेन फै ह मै छी फै चन मो च्याओ?
वर्षाः "श्वै तेन फै ह मै छी फै", "पानी र विजुलीको पैसा र ग्यासको पैसा"।
कमलः श्वै तेन फै ह मै छी फै।