नेपाली

पाठ एघार

criPublished: 2014-01-28 10:42:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित्र कार्यक्रमबाट म वर्षाको स्वागत।

कमलः नमस्कार। म आजको उद्घोषक कमल लम्साल।

वर्षाः गएको पाठमा हामीले कार्य सम्बन्धी केही चिनियाँ शब्द र वाक्यहरु सिकेका थियौं। अब हामी ती महत्वपूर्ण वाक्यहरु पुनः एक पटक सिकौं। पहिले झैं म नेपालीमा भन्छु, तपाईं चिनियाँ वाक्य भन्नुहोस्। कसो कमल जी?

कमलः हुन्छ। म प्रयास गर्छु।

वर्षाः तपाईको काम हरेक दिन कति बजे शुरु हुन्छ भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः नि मै थेन चि तेन शांग पान?

वर्षाः ठीक भन्नुभयो। नि मै थेन चि तेन शांग पान?

कमलः मैले बुझें। "मै थेन" भनेको हरेक दिन। होइन?

वर्षाः हो। "चि तेन"को अर्थ कति बजे हो।

कमलः चि तेन।

वर्षाः "शांग पान" भनेको कार्यालयमा काम गर्नु हो।

कमलः शांग पान।

वर्षाः नि मै थेन चि तेन शांग पान?

कमलः नि मै थेन चि तेन शांग पान? तपाईं हरेक दिन कति बजेदेखि काम गर्न थाल्नुहुन्छ?

वर्षाः तपाईं हरेक दिन कति बजे कार्यालयबाट फर्कनुहुन्छ भन्ने वाक्यलाई चिनियाँ भाषामा "नि मै थेन चि तेन श्या पान" भन्नुपर्छ।

कमलः नि मै थेन चि तेन श्या पान?

वर्षाः राम्रो छ। "श्या पान" भनेको कार्यालयबाट फर्कनु हो।

कमलः श्या पान। हामीले अन्य कुनै मान्छेबारे चर्चा गर्दा पहिले तपाईंले के-के काम गर्नुभएको भन्ने प्रश्न सोध्नेगरेका छौं। चिनियाँ भाषामा यस वाक्यलाई कसरी भन्ने?

वर्षाः यस वाक्यलाई चिनियाँ भाषामा "नि यि छेन चो को शन मो कुंग चो" भन्नसकिन्छ।

कमलः मैले बुझँ। यि छेन भनेको पहिले।

वर्षाः ठीक छ। "चो को" भनेको गरेको वा गरिसकेको हो।

कमलः चो को।

वर्षाः "शन म" भनेको के।

कमलः शन म।

वर्षाः कुंग चो, काम।

वर्षाः नि यि छेन चो को शन मो कुंग चो?

कमलः "नि यि छेन चो को शन मो कुंग चो? तपाईंले पहिले के के काम गर्नुभएको छ?

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn