नेपाली

तिब्बतको सिमा क्षेत्रमा तैनाथ सैनिकको प्रेम कथा-३

CRIPublished: 2020-08-25 09:31:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वाङ युङ कार्यरत् तिब्बती सैन्य क्षेत्रअन्तर्गत लीच सिमानातैनाथ नमूना कम्पनी सन् १९६० मा स्थापित भएको छ। यो कम्पनीले २१ सिमा स्तम्भ, ३९ माउन्टेन पास र ४८२ किमीको सिमा रेखाको सुरक्षा तथा गश्ती कार्यको जिम्मेवार लिएको छ। सेनाको तैनाथ क्षेत्रको उचाई करिब ४५६० मिटर हुनुका साथै वर्षभरि करिब २०० दिन धेरै हावा चल्ने गर्छ। यस्तो अल्पाइन हाइपोक्सिया अर्थात् उच्च अक्षांशको वातावरणमा उभिनु मात्र सामान्य २० केजीको भारी सहनु जस्तै हो। हरेक वर्ष सैनिकहरूले १४० पटकभन्दा बढी पहाडी क्षेत्रमा गश्ती गर्नुपर्छ। सो क्षेत्रमा गाडी पुग्न नसक्ने हुनाले सैनिकहरूले हिँडेर गश्ती गर्नुपर्ने वाध्यता छ।

सन् २०१५ को अप्रिल २५ तारिख नेपालमा ८.१ रेक्टर स्केलको भयंकर भूकम्प गएको थियो। कम्पनीमा पहिलो टोलीको हैसियतमा वाङ युङले सिमाना रहेको केरुङ जिल्लामा पुगेर प्रकोपको उद्धार गर्नुभयो।

"त्यस दिनको मध्यनह दुई बजेर दश मिनेट जाँदा ओछ्यान हल्लाउन थाल्यो। लगभग तीन मिनेटमा हामी अधिकारीहरू बैठक गरेर केरूङमा उद्धारको विषयबारे छलफल गर्‍यौँ। पहिले मैले केरूङमा काम गरेको थिएँ। त्यहाँको भौगोलिक अवस्था तथा पहाडबारे अझ बढी थाहा छ। त्यसैले मैले सक्रिय रूपमा जान अनुरोध गरेँ।"

लगभग दिउँसो साढे दुई बजे वाङ युङ र सैनिकहरू प्रस्थान गरेका थिए।

रसुवा जाने बाटोमा धेरै चट्टान हुनुका साथै भत्किएर ध्वस्त भएका थिए। बाटोमा उनीहरूले जीवनको कठिन परीक्षा अनुभव गरेका थिए-

"यस्तो वातावरणमा हामीले १८ किलोमिटर हिँडेका थियौं। केरूङमा धेरै वनस्पति भएका हुनाले बाटोभरि पत्कर जम्मा भएको थियो। एकजना सैनिक पत्करमा टेक्दा खाडीमा खस्न पुगे। सौभाग्य उनले एउटा रूखलाई समाए।"

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn