नेपाली

तिब्बतको सिमा क्षेत्रमा तैनाथ सैनिकको प्रेम कथा-३

CRIPublished: 2020-08-25 09:31:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वाङ युङ कार्यरत् तिब्बती सैन्य क्षेत्रअन्तर्गत लीच सिमानातैनाथ नमूना कम्पनी सन् १९६० मा स्थापित भएको छ। यो कम्पनीले २१ सिमा स्तम्भ, ३९ माउन्टेन पास र ४८२ किमीको सिमा रेखाको सुरक्षा तथा गश्ती कार्यको जिम्मेवार लिएको छ। सेनाको तैनाथ क्षेत्रको उचाई करिब ४५६० मिटर हुनुका साथै वर्षभरि करिब २०० दिन धेरै हावा चल्ने गर्छ। यस्तो अल्पाइन हाइपोक्सिया अर्थात् उच्च अक्षांशको वातावरणमा उभिनु मात्र सामान्य २० केजीको भारी सहनु जस्तै हो। हरेक वर्ष सैनिकहरूले १४० पटकभन्दा बढी पहाडी क्षेत्रमा गश्ती गर्नुपर्छ। सो क्षेत्रमा गाडी पुग्न नसक्ने हुनाले सैनिकहरूले हिँडेर गश्ती गर्नुपर्ने वाध्यता छ।

सन् २०१५ को अप्रिल २५ तारिख नेपालमा ८.१ रेक्टर स्केलको भयंकर भूकम्प गएको थियो। कम्पनीमा पहिलो टोलीको हैसियतमा वाङ युङले सिमाना रहेको केरुङ जिल्लामा पुगेर प्रकोपको उद्धार गर्नुभयो।

"त्यस दिनको मध्यनह दुई बजेर दश मिनेट जाँदा ओछ्यान हल्लाउन थाल्यो। लगभग तीन मिनेटमा हामी अधिकारीहरू बैठक गरेर केरूङमा उद्धारको विषयबारे छलफल गर्‍यौँ। पहिले मैले केरूङमा काम गरेको थिएँ। त्यहाँको भौगोलिक अवस्था तथा पहाडबारे अझ बढी थाहा छ। त्यसैले मैले सक्रिय रूपमा जान अनुरोध गरेँ।"

लगभग दिउँसो साढे दुई बजे वाङ युङ र सैनिकहरू प्रस्थान गरेका थिए।

रसुवा जाने बाटोमा धेरै चट्टान हुनुका साथै भत्किएर ध्वस्त भएका थिए। बाटोमा उनीहरूले जीवनको कठिन परीक्षा अनुभव गरेका थिए-

"यस्तो वातावरणमा हामीले १८ किलोमिटर हिँडेका थियौं। केरूङमा धेरै वनस्पति भएका हुनाले बाटोभरि पत्कर जम्मा भएको थियो। एकजना सैनिक पत्करमा टेक्दा खाडीमा खस्न पुगे। सौभाग्य उनले एउटा रूखलाई समाए।"

"सबैभन्दा खतरा क्षेत्र १० मिटर लामो र १ मिटर चौडा बाटो थियो। वरिपरि चट्टानको उचाई करिब ५० मिटर थियो। बेला बेलामा माथिबाट ढुंगा खसिरहेको थियो। मैले कमाउन्डरलाई सो बारे जानकारी गराएँ। तर कमाउन्डरले हामीलाई जसरी भए पनि पार गर्न आदेश दिए। किनकि सर्वसाधारणले हामीलाई पर्खिरहेका थिए। हामी हिम्मत जुटाएर तुरुन्तै दौडिएर पार गर्‍यौँ। केही सैनिक झन्डै झन्डै खाल्डोमा खसेका थिए।"

"प्रकोप ग्रस्त क्षेत्र पुग्नेबितिकै सर्वसाधारणले हामीलाई भेटेर ठूलो आवाजमा भने अब डराउनु पर्दैन, डराउनु पर्दैन। क्रान्तिकारी सेना आए। त्यस बेला हामीलाई ज्यादै थकाइ लागेको थियो। तर सर्वसाधारणको कुरा सुनेर निकै उत्साह जाग्यो। त्यसपछि हामीले संयोजन गरेर त्यहाँको वस्तुस्थितिको जानकारी गराउँदै हेलिकप्टर पठाएर फसेका प्रकोपपिडित सर्वसाधारणको उद्धार गरेका थियौँ।"

सन् २०१७ मा चीन र भारतबीच दोक्लममा ढेलाढेल घटनामा वाङ युङले पनि सैनिकको नेतृत्व गरेर कार्य गर्नुभयो। मातृभूमिको दक्षिण-पश्चिमी ढोकाको सुरक्षाकवचको हैसियतका लागि गौरव गर्दै उहाँले भन्नुभयो। उहाँका अनुसार, परिवारको समर्थन र आफ्नो पेशाको मायाका कारणले १९ वर्ष कायम राखेको छ।

"मेरो सबैभन्दा दुर्लभ प्रेम अनुभव, सबैभन्दा दुर्लभ युवा समय, सबै यहाँ छ। यहाँ मैले धेरै सपनाको साकार तुल्याएँ। मैले यहाँलाई माया गर्छु।"

वाङ युङको कथा सिमा क्षेत्रमा सुरक्षा गर्ने हजारौं सैनिकको कथाको प्रतिनिधि हो। मातृभूमिको सुक्षा गर्ने सबै सेनालाई सर्वोच्च सम्मान गरौँ।

Share this story on

Messenger Pinterest LinkedIn