तिब्बतको सिमा क्षेत्रमा तैनाथ सैनिकको प्रेम कथा-३
"सबैभन्दा खतरा क्षेत्र १० मिटर लामो र १ मिटर चौडा बाटो थियो। वरिपरि चट्टानको उचाई करिब ५० मिटर थियो। बेला बेलामा माथिबाट ढुंगा खसिरहेको थियो। मैले कमाउन्डरलाई सो बारे जानकारी गराएँ। तर कमाउन्डरले हामीलाई जसरी भए पनि पार गर्न आदेश दिए। किनकि सर्वसाधारणले हामीलाई पर्खिरहेका थिए। हामी हिम्मत जुटाएर तुरुन्तै दौडिएर पार गर्यौँ। केही सैनिक झन्डै झन्डै खाल्डोमा खसेका थिए।"
"प्रकोप ग्रस्त क्षेत्र पुग्नेबितिकै सर्वसाधारणले हामीलाई भेटेर ठूलो आवाजमा भने अब डराउनु पर्दैन, डराउनु पर्दैन। क्रान्तिकारी सेना आए। त्यस बेला हामीलाई ज्यादै थकाइ लागेको थियो। तर सर्वसाधारणको कुरा सुनेर निकै उत्साह जाग्यो। त्यसपछि हामीले संयोजन गरेर त्यहाँको वस्तुस्थितिको जानकारी गराउँदै हेलिकप्टर पठाएर फसेका प्रकोपपिडित सर्वसाधारणको उद्धार गरेका थियौँ।"
सन् २०१७ मा चीन र भारतबीच दोक्लममा ढेलाढेल घटनामा वाङ युङले पनि सैनिकको नेतृत्व गरेर कार्य गर्नुभयो। मातृभूमिको दक्षिण-पश्चिमी ढोकाको सुरक्षाकवचको हैसियतका लागि गौरव गर्दै उहाँले भन्नुभयो। उहाँका अनुसार, परिवारको समर्थन र आफ्नो पेशाको मायाका कारणले १९ वर्ष कायम राखेको छ।
"मेरो सबैभन्दा दुर्लभ प्रेम अनुभव, सबैभन्दा दुर्लभ युवा समय, सबै यहाँ छ। यहाँ मैले धेरै सपनाको साकार तुल्याएँ। मैले यहाँलाई माया गर्छु।"
वाङ युङको कथा सिमा क्षेत्रमा सुरक्षा गर्ने हजारौं सैनिकको कथाको प्रतिनिधि हो। मातृभूमिको सुक्षा गर्ने सबै सेनालाई सर्वोच्च सम्मान गरौँ।