नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: पन्ध्र अर्बमा स्तरोन्नति गरिँदै

CRIPublished: 2024-11-14 15:55:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विदेशी निर्माण कम्पनी र परामर्शदाता भएको विमानस्थल स्तरोन्नति आयोजना पश्चात् विमान डिले, ट्याक्सी वेमा हुने डिलेहरू कम हुनेछ। त्यसैगरी एअर ट्राफिकहरूले सहज रूपमा एअर ट्राफिक कन्ट्रोल गर्न सक्छन्। साथै विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि भई विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्ने लक्ष्य प्राधिकरणले राखेको छ।

यस्तै अहिलेको ट्याक्सी वे रनवेदेखि ११० मिटरको दूरीमा मात्र रहेको छ तर निर्माणाधीन समानान्तर ट्याक्सी वे रनवेबाट १७२.५ मिटरको दूरीमा हुने भएकाले आइकाओको मापदण्ड पनि परिपालना हुनेछ। यसैक्रममा विमानस्थल स्तरोन्नति गरिरहँदा दैनिक १४ घण्टा मात्र विमानस्थल सञ्चालन भइरहेकाले ३० प्रतिशत अन्तराष्ट्रिय उडान कटौती भएको छ। नियमित उडान प्रभावित भएको छ भने अन्तर्राष्ट्रिय उडानमार्फत जाने आउने यात्रुले टिकट अभाव र एयरलाइन्सहरूको मिलोमतोमा बढाइएको टिकट किन्न बाध्य हुनुपरेको छ।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn