नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: पन्ध्र अर्बमा स्तरोन्नति गरिँदै

CRIPublished: 2024-11-14 15:55:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम अघि बढाएको छ। एसियाली विकास बैंकबाट सहयोग लिई करिब १५ अर्ब रूपैयाँको लगातमा स्तरोन्नतिको काम भइरहेको छ । आइकाओको मापदण्डअनुसार विमानस्थलभित्र विभिन्न क्षेत्रलाई संवेदनशील क्षेत्रका आधारमा वर्गीकरण गरी स्तरोन्नति गर्न लागिएको प्राधिकरणले जनाएको नागरिक अनलाइनले लेखेको छ। प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ विस्तार भइरहेको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले बताउनुभयो।

करिब तीन वर्षदेखि विमानस्थल स्तोरन्नतिको काम भइरहेकोमा अबको पाँच महिना भने विमानस्थलको एकदमै संवेदनशील क्षेत्रमा काम हुने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो। ‘विमानस्थल विस्तारको काम तीन वर्षदेखि नै भइरहेको छ’, उहाँले भन्नुभयो, ‘अहिले विमानस्थलको ट्याक्सी वे’,’इन्टरनेसनल एप्रोन’ र ‘ह्याङ्गर एप्रोन’ जुन एकदमै संवेदनशील क्षेत्रहरू हुन्, त्यसको काम भइरहेको छ ।’

उहाँले रनवेबाट दायाँबायाँ ७५ मिटर दूरीसम्मको क्षेत्र अति संवेदनशील भएकाले सुरक्षा संवेदनशीलतालाई विचार गरी सो क्षेत्रभित्र काम भइरहेको बताउनुभयो।

रनवेबाट दायाँबायाँ ७५ मिटर दूरीसम्मको विमानस्थल सञ्चालनमा रहेको समयमा निर्माण कार्य गर्ने उपकरण चलाउन मिल्दैन। आयोजना प्रमुख श्रेष्ठका अनुसार ७५ मिटरभित्र आठ स्थानमा नयाँ एक्जिट ट्याक्सी वे जोड्नुपर्ने भएकाले १० घण्टा विमानस्थल बन्द गरेर र ७५ मिटरभन्दा बाहिरको क्षेत्रमा भने रात, दिन गरी निर्माण कार्य काम भइरहेको छ।

‘अबको पाँच महिना विमानस्थल रनवेबाट ७५ मिटर क्षेत्रभित्र काम हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यसपछि संवेदनशील क्षेत्रको काम सकिन्छ र विमानस्थल सधैं खुला हुन्छ ।’

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn