नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: पन्ध्र अर्बमा स्तरोन्नति गरिँदै

CRIPublished: 2024-11-14 15:55:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि हुने पनि उहाँले बताउनुभयो।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन क्षेत्रको विमानस्थलको स्तरोन्नतिको काम भइरहेको छ। आयोजना प्रमुख श्रेष्ठले उत्तरतर्फ रनवेबाट पाँच सय मिटर र दक्षिणतर्फ १२ सय मिटरसम्म ‘ट्याक्सी वे’ छैन। साथै रनवे र ‘ट्याक्सी वे’ बीचमा आयल निगमका गाडीहरू हुन्छन्। जसले गर्दा ‘ट्याक्सी वे’ मा अवरोध हुन्छ।

यस्तै अहिलेको ‘ट्याक्सी वे’ आइकाओको मापदण्ड अनुसार छैन। ‘ट्याक्सी वे’ स्तरोन्नति भएपछि ट्याक्सीहरू रनवेसम्मै पुगेर यात्रुहरूलाई लिन र पुर्‍याउन सकिन्छ। जसले गर्दा रन वे चाँडै खाली हुने र अन्य उडानहरूले अवतरण गर्न समय पाउने उहाँले बताउनुभयो।

यस्तै विमानस्थलको उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ क्षेत्रमा अहिले अन्तर्राष्ट्रियतर्फ ठूला र साना गरी ११ वटा जहाज पार्किङ क्षमता भएकोमा विस्तार भएपछि साना ठूला गरी १८ वटा अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्ने क्षमता हुनेछ। १८ वटा पार्किङ एप्रोनहरू तयार भएपछि विमानहरू आकाशमा होल्ड गर्नुपर्ने समस्या कम हुन्छ। यस्तै ‘ह्याङ्गर एप्रोन’ विस्तारमा भने जहाज मर्मत गर्न रनवेबाट ‘ह्याङ्गर एप्रोन’ सम्म ट्याक्सी वे निर्माण भइरहेको छ।

विमानस्थल स्तरोन्नतिले विमानस्थलको क्षमता अभिवृद्धि अर्थात् ‘रन वे’ र ‘ट्याक्सी वे’ को क्षमता वृद्धि हुनेछ। एअर ट्राफिक कन्ट्रोलरहरूलाई एअर ट्राफिक व्यवस्थापन गर्न सजिलो हुँदा सुरक्षामा पनि अभिवृद्धि हुने प्राधिकरणले जनाएको छ।

विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्यधिक वृद्धि भएसँगै प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तार गर्न लागेको हो। जसअनुसार रनवेको लम्बाई बराबर हुने गरी एक छेउदेखि अर्को छेउसम्म जोड्ने समानान्तर ट्याक्सी वे, अन्तर्राष्ट्रिय तथा आन्तरिक विमान पार्किङ एप्रोन र विमान मर्मतसम्भार गर्ने सुरक्षित ह्यांगरहरू तयार गरिँदै छ।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn