नेपाली

बिजुली आयात सम्झौता नवीकरणमा ३ महिनादेखि भारतको जवाफ आएन

criPublished: 2024-11-08 15:44:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बैठकले ३३ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य पनि प्रतियुनिट दर ८.६५ भारु (१३ रुपैयाँ ८४ पैसा) तोकेको छ । नेपालले चाहेका बेला बिजुली लिने गरी नयाँ दर तोकिएको र यो भारततर्फ निर्यात गर्दा पनि लागू हुने प्राधिकरणले जनाएको छ ।

भारतको प्रतिस्पर्धी बजार, महाकाली सन्धिअन्तर्गत टनकपुर प्रसारण लाइन र नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) अन्तर्गत हुने व्यापारबाहेक पनि सुक्खायाममा २ सय ३० मेगावाट विद्युत् आयातका लागि गत असोज १७ मा द्विपक्षीय सम्झौतासमेत भएको थियो ।

हरेक वर्ष फेब्रुअरीदेखि मेसम्म विद्युत् आयात गर्ने गरी नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच उक्त सम्झौता भएको थियो । यसअनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट प्रतियुनिट भारु ७.५ का दरले २ सय मेगावाट र टनकपुर प्रसारण लाइनबाट ३० मेगावाट बिजुली चौबीसै घण्टा आरटीसी (राउन्ड द क्लक प्रणाली) उपलब्ध हुनेछ ।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn