नेपाली

बेइजिङमा पनि म्हःपूजा मनाइयो

criPublished: 2024-11-03 16:49:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विगत तीस/बत्तीस वर्षदेखि बेइजिङमा बस्दै आएका भिभोका ‘फाइभ जी’ इन्जिनियर राकेश ताम्राकारले बेइजिङमा म्हःपूजा मनाउन थालेको तीन वर्ष भएको छ। यसअघि उनको तीस वर्षको बसाइ अवधिमा नेवार समुदायका साथीहरूले मिलेर या कोही परिवार बसे पनि बेइजिङमा म्हःपूजा नगरेको उनी बताउँछन्। उनैसँग सहमत छन्, डाक्टर सुवर्ण डंगोल र इन्जिनियर पविन कर्माचार्य। आफन्तजन मात्र नभई अरूलाई पनि सामेल गराउन सकिने भएकोले अहिलेसम्म बेइजिङमा यो नेवारी परम्परा नमनाएको उनीहरूको दाबी थियो। यी दुई पनि चीन आएको पच्चीस वर्ष बढी भइसकेको छ र दुवैजना चीनका ज्वाइँ हुन्।

यसपटक चाडपर्व मनाउन नमिल्ने भएकाले सुवर्ण भने सरिक भएनन् तर चीनमा अध्ययनरत पाँचजना विद्यार्थीले बेइजिङमा पहिलोपटक म्हःपूजा मनाउन पाएका छन्। बेइजिङ च्याओथोङ युनिभर्सिटीमा अध्ययनरत आदर्श ताम्राकार छाङछुनमा एकवर्षे चिनियाँ भाषा अध्ययन सकाएर हालै बेइजिङ आएका हुन्। उनले म्हःपूजा गर्न पाउँदा घर पुगेको महसुस गरे। ‘मलाई निकै खुसी लाग्यो। गत वर्ष मनाउन पाइएन, यसपटक त म घरमा छु जस्तो लाग्यो’आदर्शले भने।

बेइजिङ युनिभर्सिटी अफ पोस्ट एन्ड टेलिकम्युनिकेसनमा अध्ययनरत मनोग्य श्रेष्ठ पनि नेवार समुदायको मौलिक चाड चीनमा आएर मनाउन पाउँदा पुलकित भए। उनी भन्छन्, ‘यसरी मण्डप बनाएर पूजाआजा गर्न पाउँदा गौरवान्वित महसुस गरेँ। हामीले यस्तो मौलिक संस्कृतिलाई प्रचार गर्नुपर्छ भन्ने लागेको छ।’

म्हःपूजा नेपाल संवत्अनुसार नयाँ वर्षको पहिलो दिन कछलाथ्व पारु (कार्तिक शुक्ल पक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो। यस पर्वमा नेवारहरूले वर्षभरि चोट नलागोस्, बिरामी नभइयोस्, सुख, शान्ति प्राप्त होस् भनेर आफूले आफैँलाई पूजा गरी सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गरिन्छ।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn