चिनियाँ कम्पनीको पनि सहभागितामा निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्ग ७ वर्षमा ३६ प्रतिशत निर्माण
द्रुतमार्गको ३५ देखि ४९ किलोमिटर सम्म पर्ने रानीसेरा तथा बुदुने खण्डको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन २०८१ वैशाख ७ गतेको वन तथा वातावरण मन्त्रालयको मन्त्री स्तरको निर्णयबाट स्वीकृत प्राप्त भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ भदौ २० गतेको निर्णय बमोजिम उक्त स्वीकृत पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार रुख कटान तथा जग्गा भोगाधिकार स्वीकृति प्राप्त भई वन मन्त्रालयसँग समझदारी हुने क्रममा रहेको नेपाली सेनाले जनाएको छ । हाल निर्माणाधीन द्रुत मार्गको सब वेश, बायो इन्जिनियरिङ, रोडका साइडहरू, पर्खाल लगाउने, सर्भिस रोड निर्माण लगायतका कार्यहरू धमाधम भइरहेको छ। प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडकको कुल लम्बाइ ७०।९७७ किलोमिटर छ।