नेपाली

पोखरामा हुने तेस्रो पर्वतीय क्रसकन्ट्री दौडमा नेपाल र चीनका खेलाडीले प्रतिस्पर्धा गर्ने

criPublished: 2024-10-09 16:41:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पोखरामा तेस्रो पटक अन्तराष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । हिमालयन टुरिजम फोरमले कात्तिक २२ देखि २५ सम्म प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा नेपाल र छिमेकी मुलुक चीनका खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिताका प्रेस संयोजक प्रतीकराज पहारीले दौड, साइक्लिङ र बोटिङ गरी ५० किलोमिटरको दुरी पार गर्नुपर्ने जनाएको कान्तिपुर अनलाइनले लेखेको छ । प्रतियोगिता सफल बनाउन १५ उपसमिति गठन गरिएको छ । यो खेलले पोखरा र यस क्षेत्रको पर्यटन प्रवर्द्धनका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमासमेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ । नेपाल–चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास गरिएको संस्थाका अध्यक्ष विश्वशंकर पालिखेले बताउनुभयो।

चिनियाँ खेलाडीका लागि कात्तिक २२ मा कुङमिङबाट पोखरासम्म अन्तराष्ट्रिय चार्टर उडानको व्यवस्था गरिएको छ । काठमाडौं तथा नेपालका विभिन्न ठाउँबाट आउने प्रतियोगीका लागि आयोजकले यातायात व्यवस्था गर्ने जनाएको छ । प्रतियोगीले टिम समूह, च्यालेन्ज इन्डिभिजुयल समूह, विद्यार्थी दौड र ह्याप्पी रनमध्ये जुनसुकैमा पनि भाग लिन सक्नेछन् । टिम समूहमा ३० मिश्रित टिम रहनेछन् । यसमा कम्तीमा एक विपरीत लिंगको सदस्य समेटिएको हुनुपर्नेछ । ९० खेलाडीमध्ये १० चिनियाँ र २० नेपाली टोली हुनेछ । खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइक्लिङ र रोइङ चरण पूरा गर्नुपर्ने हुन्छ । दौडका क्रममा खेलाडीले २२५८ मिटर उचाइ पार गर्नेछन् । विदेशी नागरिकका लागि दर्ता शुल्क प्रति टिम २२ हजार ९२० रुपैयाँ (१२०० आरएमबी) रहेको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । च्यालेन्ज इन्डिभिजुयलमा करिब २ सय खेलाडी सहभागी हुने छन् । जसमा ८० चिनियाँ र १२० नेपाली रहनेछन् । ५० किलोमिटरको ट्रेलमा २ हजार ३६६ मिटरको कुल उचाइ पार गर्नेछन् । गेममा सहभागी हुने विदेशी खेलाडी खेलाडीका लागि प्रतिव्यक्ति९ हजार ९५० रुपैयाँ (१०० आरएमबी) दर्ता शुल्क लाग्नेछ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn