नेपाली

पोखरामा हुने तेस्रो पर्वतीय क्रसकन्ट्री दौडमा नेपाल र चीनका खेलाडीले प्रतिस्पर्धा गर्ने

criPublished: 2024-10-09 16:41:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विद्यार्थी दौडमा ५ सयको सहभागिता रहने जनाइएको छ । उनीहरूले बाराहीचोकदेखि ड्यामसाइटसम्म २ किलोमिटर दुरी पार गर्नुपर्ने हुन्छ । ह्याप्पी रनमा ४ सय ८० नेपाली र २० चिनियाँ गरी ५ सय खेलाडी सहभागी हुने अपेक्षा छ । यसको २ किमि दुरी छ ।

टिम समूहको विजेताले ४ लाख ५८ हजार ४ सय रुपैयाँ अर्थात् २४ हजार आरएमबी पुरस्कार पाउनेछ । दोस्रो टिमले ३ लाख ४३ हजार ८ सय र तेस्रो हुने टिमले २ लाख २९ हजार २ सय रुपैयाँ पुरस्कार पाउनेछन् । चौथोले १ लाख ५२ हजार ८ सय र पाँचौंले ९५ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको छ ।

च्यालेन्स समूहमा शीर्ष १० पुरुष तथा महिलाले पुरस्कार जित्नेछन् । विजेताले १ लाख ५२ हजार ८ सय, दोस्रोले १ लाख १४ हजार ६ सय र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय रुपैयाँ प्राप्त गर्नेछन् । चौथोदेखि सातौ हुने खेलाडीले ३८ हजार २ सय र आठौदेखि दसौ स्थान प्राप्त गर्नेले १९ हजार १ सय रुपैयाँ पुरस्कार छ ।

विद्यार्थी दौडमा शीर्ष ६ (छात्र/छात्रा दुवै) खेलाडीका लागि नगद रहेको छ । विजेताले ३० हजार, उपविजेताले २५ हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । चौथोदेखि छैटौं हुने खेलाडीले १०–१० हजार पाउनेछन् । प्रतियोगिता लेकसाइडको बाराहीघाटबाट सुरु हुनेछ । छोरेपाटन हुँदै फुस्रेखोला, राम्दी, मट्टीखान, स्याङ्जाको फेदीखोला, रामकोट कविन्डे हुादै पुम्दीभुम्दी, विश्व स्तुपा, फेवाताल, खपौदी हुँदै पुनः बाराहीघाटमा नै आउनेछन् । फेवातालमा बोटिङ अनि राम्दी र मट्टीखानमा साइकल प्रयोग गर्नेछन् । चिनियाँ राजदूतावास, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र पोखरा महानगरको आर्थिक सहयोग रहने प्रतियोगितामा १ करोड ३६ लाख खर्च रुपैयाँ खर्च अनुमान गरिएको संस्थाका उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn