नेपाली

दुई महिनामा दुई अर्बको गलैंचा निर्यात

criPublished: 2024-10-06 15:09:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै करिब २ अर्ब रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ । दुई महिनामा १ अर्ब ९९ करोड ९६ लाख रुपैयाँको ७० हजार ९६४ स्क्वायर मिटर गलैंचा निर्यात भएको भन्सार विभागको तथ्यांक छ । रकमका आधारमा यो गत आर्थिक वर्षको दुई महिनाको तुलनामा ५.४ प्रतिशतले बढी रहेको विभागको तथ्यांक छ । तर परिमाणका आधारमा भने गलैंचा निर्यात २.९१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब ८९ करोड ६४ लाख रुपैयाँको ७३ हजार ९७ मिटर गलैंचा निर्यात भएको विभागको तथ्यांक छ ।

सरकारको नीतिका कारण गलैंचा निर्यात घटेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले जनाएको छ ।सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटबाट गलैंचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट खारेज गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि यही व्यवस्थालाई निरन्तरता दिएको छ । नेपाली गलैंचा, ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा मूल्य अभिवृद्धि कर ऐन ०५२ देखि पाइरहेको छुट सुविधा सरकारले खारेज गरेको भन्दै उक्त छुट सुविधालाई यथाशीघ्र स्थापित गर्न व्यवसायीले आग्रह गरेका छन् । सरकारले गलैंचाको कच्चापदार्थ ‘ऊन’ मा मूल्य अभिवृद्धि कर र तेस्रो मुलुकमा निर्यात गरी प्राप्त हुने आयमा ५० प्रतिशत छुट व्यवस्था खारेज गरेको थियो ।

सरकारले गलैंचा उद्योगलाई दिँदै आएको छुट सुविधा कटौती गरेपछि निर्यात रकममा ठूलो गिरावट नदेखिए पनि परिमाणमा गिरावट देखिन थालेको संघले जनाएको छ । समग्र आर्थिक वर्षको तुलना गर्दा पनि रकमभन्दा परिमाण धेरै घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७९/८० को तुलनामा आर्थिक वर्ष ०८०/८१ मा गलैंचाको निर्यात परिमाण १५.८५ प्रतिशत र रकम ८.११ प्रतिशतले घटेको छ । ०७९/८० मा ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर गलैंचा निर्यात भएको थियो । जब कि आर्थिक वर्ष ०८०/८१ मा ४ लाख १४ हजार २९२ मिटर मात्रै निर्यात भयो ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn