नेपाली

चीनबाट गएका दशैंका सामान लार्चामै अड्किएपछि नेपालमा मूल्य बढ्ने चिन्ता

criPublished: 2024-10-02 15:34:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दशैंका लागि चीनबाट काठमाडौं ल्याउन लागिएका लत्ताकपडा तथा फलफूल बोकेका ट्रक र कन्टेनर राजमार्ग अवरोधका कारण उतै रोकिएका छन् । यसका कारण व्यवसायीले करोडौं नोक्सानी व्यहोर्नुपर्ने सम्भावना उच्च छ भने उपभोक्ताले मूल्यवृद्धिको समस्या भोग्नुपर्ने देखिएको छ।

गत शुक्रबार र शनिबार परेको भारी वर्षाका कारण अरनिको राजमार्गको खाग्डोलमा बेलिब्रिज बगाएका कारण लार्चादेखि लिपिङसम्म यातायात सेवा अवरूद्ध भएको छ । लार्चा पुलसम्म यातायात सञ्चालन गर्न सकिने अवस्था रहे पनि पुल बगाएको ठाउँमा तत्काल अर्को स्थायी पुल राख्न सक्ने अवस्था छैन । स्थानीय, जनप्रतिनिधि, सुरक्षा निकाय, व्यवसायी लगायतको सक्रियामा यातायात खुलाउन पहल भने गरिएको कारोबार अनलाइनले जनाएको छ।

सिन्धुपाल्चोक–१ का सांसद माधव सापकोटाका अनुसार लार्चा र लिपिङका दुई खोलाको पुल बाढीले बगाएकोले तत्काल बेलिब्रिज सम्भव नभए पनि ह्युम पाइपबाट सामान ल्याउने प्रयास गरिएको छ । ‘बाढी तथा पहिरोका कारण जिल्लामै सबैभन्दा धेरै प्रभावित मेरो क्षेत्र बन्न पुगेको छ । त्यसैले म विपद् भएदेखि नै यसै क्षेत्रमा जनतासँगै छु,’ सापकोटाले भन्नुभयो। उहाँका अनुसार चिनियाँ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेका करिब ४ सय कन्टेनरको सामान यतिबेला लार्चा पुल भत्किँदा उतै रोकिएको छ । स्थायी संरचना बनाउन समय लाग्ने भए पनि ३–४ दिनमा लार्चा र लिपिङ खोलामा अस्थायी पुलमार्फत सामान ल्याउन सक्ने वातावरण बन्ने सांसद सापकोटाको भनाइ छ ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार लार्चाभन्दा माथि चिनियाँ सीमासम्म रोकिएका गाडीमध्ये करिब एक सयभन्दा बढीमा फलफूल, लसुनलगायत तत्काल बिग्रिने वस्तु छन् । व्यवसायीले दशैंअघि नै नाकामा आएका वस्तु ल्याउन पहल गरिरहे पनि सरकारले भने तत्काल पुल हाल्न सम्भव नरहेको बताएको छ। अस्थायी संरचना बनाएर भए पनि छिटो कुहिने सामाने प्रयास भइरहेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn