नेपाली

चीनबाट गएका दशैंका सामान लार्चामै अड्किएपछि नेपालमा मूल्य बढ्ने चिन्ता

criPublished: 2024-10-02 15:34:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

छोटो दूरी भएका कारण व्यवसायीले रसुवागढी नाकाभन्दा तातोपानी नाका बढी प्रयोग गर्छन्। भूकम्पपछि लगातार चार वर्ष पूर्ण रूपमा ठप्प तातोपानी नाकामा पछिल्लो दुई वर्षदेखि विस्तारै पैठारी कारोबार बढ्दै गएको थियो। निर्यात व्यापार भने चीनले २०७८ सालमा मात्र खुलाएको थियो । यद्यपि, तातोपानीबाट निर्यात भने अहिलेसम्म भएको छैन।

चीनबाट यो सिजनमा मुख्यतया दशैंका लागि स्याउ, अनारलगायत फलफूल र लसुन ल्याउने गरिन्छ । यसैगरी तयारी पोसाक, जुत्ता, ब्याग, चप्पल, कस्मेटिक जस्ता वस्तु पनि ल्याउने गरिएको व्यवसायीहरु बताउँछन्। बाढीपहिरोका कारण चीनसँगका प्रमुख दुई नाका तातोपानी र रसुवाबाट हुँदै आएको आयात व्यापार शनिबारदेखि ठप्प भएको छ । भोटेकोसीमा आएको बाढीले सीमा क्षेत्र नजिकैको अरनिको राजमार्गको लार्चा र लिपिङको मोटरेबल पुल बगाएको छ भने रसुवागढी नाका जोड्ने सडक जताततै छियाछिया बनेको छ । यद्यपि, रसुवागढी नाका भने मर्मतपछि आंशिक सञ्चालनमा आइसकेको छ । यता केरुङ नाका पनि बन्द भएका कारण सो क्षेत्रबाट आयात गरिने सामग्री पनि प्रभावित भएको छ ।

अरनिको राजमार्ग निर्माणका क्रममा चीनले बनाएको लार्चास्थित पक्की पुल यसअघि २०७४ साल साउनमा गएको पहिरोले भोटेकोसीमा खसालेको थियो । अस्थायी बेलिब्रिज लगाएर राजमार्ग सुचारु गरिए पनि हाल उक्त पुलसमेत बाढीले बगाइदिएको छ। सरकार र सम्बन्धित निकायले तदारुकता देखाए केही दिनमै नयाँ बेलिब्रिज लगाउन सकिने र हाल वर्षा रोकिएका कारण दशैंअघि नै यातायात सुचारु गर्न सकिने आशामा व्यवसायीहरु छन्। सामान्य दिनमा लार्चा पुल भएर दैनिक ३ सय मालवाहक र २ सय पर्यटक गरी ५ सय गाडी गुड्छन् । अर्कोतर्फ चिनियाँ क्षेत्रमा पनि ठूला पहिरा गएकाले सडक खुलाउन एक साता लाग्ने चिनियाँ पक्षले जानकारी दिएको छ । तिब्बततर्फ न्यालम र खासाको बीचमा पहिरो गएको र सुरुङमार्ग पनि भत्किएको बताइएको छ । जसका कारण लामो प्रयासपछि खुलाइएको यो नाका चीनले पुनः बन्द गर्ने हो कि भन्ने त्रासमा व्यवसायीहरु छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn