नेपाली

ग्रीन हाउसभित्र फैलिदै चीनको कृषि प्रविधि

criPublished: 2024-09-22 17:12:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

त्यस्तै तिङसिङ काउन्टीको तरकारी तथा फूल उत्पादन एग्रिकल्चर पार्क, सिङयून जिल्लाको 'सिङयून शुइरन च्याह आधुनिक एग्रिकल्चर पार्क, छियोकनको काइयु एग्रिकल्चर पार्कको माटो विनाको खेती, लाइयुन काउन्टीको छाइवेइ गार्डेन, तानछिन काउन्टीको सिलेन्डा सिड कम्पनीको फार्म हाउसलगायतका क्षेत्रका ग्रीन हाउसहरु उच्च प्रविधियुक्त रहेको छ। ती ग्रीन हाउसमा हाइड्रोलिक प्रविधि, माटोको प्रयोग नगरी खेती प्रणाली, डिजिटल प्रविधिबाट पानीको प्रयोग, डिजिटल प्रविधिबाट वातावरण अनुकुलन प्रणाली, विऊविजन उत्पादन प्रणाली, ग्राफ्टिङ विरुवा उत्पादन र तरकारी, फलफूल र फूलको खेती गर्ने कार्य भइरहेको छ। प्राविधिको प्रयोग गर्दा विरुवालाई आवश्यक पर्ने जति मात्रै मल, विऊ, पानी र अन्य पोषण पुग्छ। जसले गर्दा गणस्तरीय र धेरै उत्पादन गर्न सकिने प्रोफेसर काव हाङपोले बताउनुभयो। ग्रीन हाउस र त्यहाँ प्रयोग भएको प्रविधि अत्यन्तै महंगो छ। तर पनि चीनमा ग्रीन हाउस लोकप्रिय बन्दैछ। प्रोफेसर लु कुइयुनका अनुसार बजार विस्तार सँगै तरकारी, फलफूलको माग पनि बढेर गएको छ। त्यसैले धेरै र गुणस्तरीय कृषिउपजको उत्पादन गर्नु पर्ने अवस्था छ। प्रविधियुक्त ग्रीन हाउस सञ्चालन भएपछि रोगकिराको प्रकोप कम भइ कृषि उत्पादनमा गुणस्तर कायम भएको छ। कृषि उत्पादनमा काम गर्ने मजदुरको अभाव कम भएको छ। वर्षभरि उत्पादन गर्न थालिएको छ र वितरण गर्न सहज भएको प्रोफेसर कुइयुनले बताउनुभयो। अहिले चीनमा ६० प्रतिशत तरकारी र फलफूल प्रविधियुक्त ग्रीन हाउसबाट उत्पादन भइरहेको छ।

परम्परागत खेती प्रणालीभन्दा ग्रीन हाउसको खेती प्रणालीबाट करिब पाँच गुणा बढी उत्पादन गर्न सकिने हपेइ युनिभर्सिटीका प्रोफेसरहरुको निष्कर्ष छ।

अहिले कृषिमा काम गर्ने मजदुरहरु पाउन मुस्किल छ। धेरै युवाहरु उच्च शिक्षा अध्ययनका लागि शहर पसेका छन्। प्राविधिक चिकित्सा, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियर, बिजिनेस, कृषि विज्ञान लगायतमा युवाको रूची छ। उच्च शिक्षा र रोजगारीको लागि युवाहरु शहरमा बसोबास गरिरहेकाले गाउँमा मजदुर पाउनै मुस्किल छ। जेष्ठ नागरिक र कम अध्ययन गरेका व्यक्ति मात्रै गाउँमा छन्। त्यसैले पनि नयाँ प्रविधि र मेसिनको प्रयोग गरेर ग्रीन हाउसमा खेती गर्ने प्रणाली लोकप्रिय भएको प्रोफेसर वू स्याओलइको भनाइ रहेको छ। मेसिनको प्रयोग र आधुनिक खेती प्रणालीले गाउँमा बसाइसराइ रोक्न सहयोग गर्ने उहाँले बताउनुभयो।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn