नेपाली

ग्रीन हाउसभित्र फैलिदै चीनको कृषि प्रविधि

criPublished: 2024-09-22 17:12:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हुबेई प्रान्तको कुआन काउन्टीमा समुदायस्तरबाट चलाएको अर्को कृषि फार्म रहेको छ। कुआन सुनछाइ भेजिटेबल कोअपरेटिभले पनि दैनिक ६ हजार किलो तरकारी र फलफूल बिक्री गर्दै आएको छ।

राजधानी बेइजिङको नजिकै रहेको यो कृषि फर्मलाई चीन सरकारले राष्ट्रिय कृषि विज्ञान र प्रविधि क्षेत्रका रुपमा सञ्चालन गरिरहेको छ। यहाँबाट कृषि उत्पादन गरी सफा गर्ने, प्याकेजिङ गर्ने र बिक्री गर्ने कार्य गरिरहेको अर्का प्रोफेसर ली छिङयुनले बताउनुभयो। मेसिनको प्रयोग गरेर ग्रीन हाउस, भेजिटेबल सुपरमार्केट र टनेल सञ्चालन गरिरहेको यो कोअपरेटिभलाई हपेइ प्रान्तको मुख्य क्षेत्रको रुपमा विकास गरिरहेको प्राफेसर छिङयुनले बताउनुभयो।

कृषि उत्पादनलाई बढाउन र गणस्तरीय उपज उत्पादन गर्नका लागि हपेइ प्रान्त ग्रीन हाउसमय भएको छ। हरेक कृषि फार्ममा सुविधायुक्त र वातावरण अनुकुलित ग्रीन हाउस सञ्चालनमा रहेको छ। चीनको गर्मी र अत्यधिक चिसो हुने स्थानमा पनि बर्षभरि नै तरकारी, फलफूल र अन्य कृषिउपज उत्पादन गर्नका लागि सोलर सिस्टम ग्रीन हाउस, ग्लास ग्रीन हाउस, प्लाष्टिक ग्रीन हाउस र प्लाष्टिक टनेलको प्रयोग भइरहेको छ। हपेइ प्रान्तकै सबैभन्दा ठुलो सोलर सिस्टमको ग्रीन हाउस 'हाउचोङ' टाउनमा निर्माण भएको छ। नेदरल्याण्डबाट ल्याएको प्राविधिबाट सञ्चालनमा ल्याएको यो ग्रीन हाउस ११५ वर्ग मिटरमा फैलिएको छ। चीन सरकारको ८ करोड चिनयाँ युआन खर्चमा हपेइ एग्रिकल्चर युनिभर्सिटीका प्रोफेसर ची छियाङ र एशोसियट प्रोफेसर शान कुइलिनको नेतृत्वको प्रविधि टोलीले बनाएको यो ग्रीन हाउसलाई गोलभेडा उत्पादन र अनुसन्धानको केन्द्र बनाउने योजना रहेको छ। प्रोफेसर ची भन्नुहुन्छ- 'यो सोलार सिस्टमको ग्रीन हाउस मेसिनको सहयोगले तापक्रम नियन्त्रण गर्ने, पानी र मलको प्रयोग गरी उत्पादन बृद्धि गर्ने योजना छ।' यो ग्रीन हाउसमार्फत 'हाउचोङ' टाउनमा बस्ने करिब दुई लाख ५० हजार मानिसलाई तरकारी पुऱ्याउने योजना रहेको उहाँले बताउनुभयो।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn