नेपाली

ग्रीन हाउसभित्र फैलिदै चीनको कृषि प्रविधि

criPublished: 2024-09-22 17:12:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाली एक समूह यतिबेला चीनको हपेइ प्रान्तको पाउतिङमा कृषि अनुसन्धान कार्यमा व्यस्त रहेको छ। कृषिमा आधुनिक प्रविधिको प्रयोग कसरी भइरहेको छ भनेर नेपाली प्रतिनिधि मण्डलले चीनको हुपेइ प्रान्तबाट राम्रो अनुभव र ज्ञान लिन सक्ने सहभागीहरुले बताएका आजको खबर अनलाइनले लेखेको छ।

चीनको राजधानी बेइजिङलाई वरिपरि घेरा लगाएको हपेइ प्रान्तको सबै सहर, जिल्ला र काउन्टीमा प्रविधियुक्त आधुनिक खेतीले विश्वको ध्यान तानिरहेको छ। हपेई एग्रिकल्चर युनिभर्सिटीका एशोसियट प्रोफेसर ली छियाङको भनाइअनुसार प्रविधिको उच्चतम प्रयोगले चीन कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यमा रहेको छ। चीन सरकारको आर्थिक सहयोग र हपेइ एग्रिकल्चर युनिभर्सिटीको प्राविधिक सहयोगमा हपेइ प्रान्तलाई कृषिको 'हब' बनाउने योजना रहेको छ। 'हामी प्रविधिको प्रयोग गरेर कृषिलाई नयाँ युगमा लैजान चाहन्छौ' एशोसियट प्रोफेसर 'ली'ले बताउनुभयो।

अहिले चीन विश्वको पाँचौ ठूलो कृषिजन्य वस्तु उत्पादन गर्ने देश हो। 'काउपैतिआन' सिटीमा रहेको भिन्दु एग्रिकल्चर फार्मले यही तथ्यलाई पुष्टि गर्दछ। यो एग्रिकल्चर फर्ममा प्रविधिको उच्चतम प्रयोग गरेर आधुनिक खेती गरिएको छ। करिब एक दर्जनभन्दा धेरै ग्रीन हाउसमा खेती गरिएको यो फार्म एउटा विश्वविद्यालय जस्तै छ। हरियो साग, गोलभेडा, भण्टा, खोर्सानी, वाटरमिलन, सेतो आलु, काउली, बन्दा, चेरी, स्ट्रबेरी लगायतका तरकारी खेती गरिरहेको यो फार्म घुम्नलाई पनि सफारी गाडी चढ्नु पर्दछ। हपेइ एग्रिकल्चर युनिभर्सिटीकी प्रोफेसर निई लन्चुन भन्नुहुन्छ- 'यो फार्म काउपैतिआन सिटीको एक व्यवस्थित खेती प्रणाली भएको स्थल हो। यो कषि फार्म मात्र हैन। कृषि सिकाइ थलो पनि हो।' त्यसो त काउपैतिआन सिटीमै रहेको 'नेसनल एग्रिकल्चर प्रोडक्ट ट्रान्जिट एण्ड डिस्ट्रीबुसन' कम्पनी आफैँमा एक कृषिको व्यापारिक केन्द्र हो। विभिन्न ठाउँका फार्म र किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको संकलन, प्रशोधन र वितरण गर्दै आएको यो कम्पनीको बेइजिङ र हपेइका सम्पूर्ण जनतालाई एक हप्तासम्म तरकारी, फलफूल र मासु उपलब्ध गराउन सक्ने क्षमता रहेको प्रोफेसर लन्चुनले बताउनुभयो। यो कम्पनीले आफ्नो विषयमा जानकारी दिन थ्रिडी प्रविधिको प्रयोग गरिरहेको छ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn