नेपाली

स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्ने अभियानमा महिला उद्यमी

CRIPublished: 2024-09-14 15:58:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नगरपालिकाले निर्माण गरेको सपिङ कम्प्लेक्सको दुई वटा सटरमा सञ्चालित कोसेलीघरमा बाँसको चोयाबाट निर्माण गरिने घरेलु सामग्री डालो, नाङ्लो, थुन्से, फिपी, कोक्रो तथा हस्तकलाका सामग्री कठुवा, ठेकी, काठको चिन्डोलगायत सामग्री बिक्रीका लागि राखिएका छन्। यस्तै ढाकाको टोपी, कपासको धागोबाट बुनिएको दौरासुरुवालको कपडा, भेँडाको ऊनबाट बुनिएको लुकुनी, घुमराडी, चकटीलगायत राखिएका छन्।

खाद्यपदार्थ र हस्तकलाका सामग्रीसँगै विभिन्न जातजातिको संस्कार तथा संस्कृतिसँग सम्बन्धित ऐतिहासिक सामग्री बिक्रीका लागि राखिएको अध्यक्ष राईले जानकारी दिनुभयो। हिन्दू परम्पराअनुसार कन्या मगनी गर्न जाँदा प्रयोग गरिने ठेकी, आदिवासी जनजाति समुदायको संस्कारअनुसारको कठुवा, विभिन्न जातजातिको वेषभूषा तथा बाजागाजालगायत सामग्री बिक्रीका लागि राखिएका छन्।

यहाँ राखिएका खाद्यपदार्थ तथा हस्तकलाका सामग्री स्वदेशमा भन्दा बढी विदेशमा निर्यात हुने गरेको अध्यक्ष राईले जानकारी दिनुभयो। “जिल्ला भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकले यहाँको चिनोका रूपमा हस्तकलाका सामग्री खरिद गर्छन्। खोटाङमा जन्मिएर विभिन्न देशमा पुगेकाले घर आएको समयमा खानेकुरा कोसेलीका रूपमा लिने गरेका छन्”, उहाँले भन्नुभयो, “हस्तकलाका सामग्री सबैभन्दा बढी क्रमशः युके (बेलायत), हङ्कङ, सिङ्गापुरलगायत देशमा निर्यात हुने गरेको छ। कोसेली घर स्थापना गरेको वर्ष दिन नपुग्दै ग्राहकको माग बढ्दै गएपछि दुई जना कर्मचारीलाई मासिक तलब दिएर सेवा दिइरहेका छौँ।”

महिला उद्यमीले उत्पादन गरेका अचारलगायत खाद्यवस्तु बजारीकरणका लागि विभिन्न ठाउँमा आयोजित कृषि प्रदर्शनीमा राख्ने गरिएको छ। खोटाङ महिला उद्यमी कोसेली घरको प्रतिनिधित्व गरेर प्रदर्शनीमा राखिएका अकबरे खुर्साको अचारले धेरै पटक पुरस्कारसमेत हात पारिसकेको छ।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn